नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8619 · वि.सं. २०६८
नि.नं. 8619 — उत्प्रेषणयुक्त परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ कुनै कार्य मर्यादा र अनुशासनको अपेक्षित मापदण्डविपरीत हुन सक्दछ, नैतिकताको दृष्टिकोणबाट अनुचित हुन सक्दछ वा सामान्य समझ र सर्वमान्य शैक्षिकस्तरभन्दा तलको अमान्य हुन सक्दछ तर, कुनै नियम कानूनले त्यसलाई बर्जित र सजायभागी भनी पूर्व घोषित वा बर्गीकृत वा परिभाषित नगरेसम्म त्यसको आधारमा सो कार्य गर्नेलाई सजायको भागी बनाउन नसकिने । (प्रकरण नं.९) § कुनै विद्यार्थीले आफूले वर्षभरि पढेको विषय छोडी पढ्दै नपढेको विषय समावेश गरी परीक्षा सञ्चालन हुनुभन्दा अगाडि कम्तीमा ७ दिनभित्र दोहोर्याएर परीक्षा फर्म भर्न नपाउने र भरेको पाइएमा निजलाई परीक्षामा समावेश नगराउने र कुनै अवस्थामा लुकिछिपी परीक्षा दिएमा त्यस्तो कार्यलाई अनियमित कार्य वा विद्यार्थी आचार संहिताविपरीतको कार्य भनी नियममै लेखवद्ध गर्नुका साथै त्यस्तो कार्य गर्ने विद्यार्थीको परीक्षा रद्द गर्नु वा अन्य सजाय गर्नुका साथै यस्तो अनुचित कार्यमा सहयोग गर्ने विश्वविद्यालयका सम्बन्धित कर्मचारी वा शैक्षिक संस्थाको जिम्मेवार पदाधिकारीउपर कारवाही गर्ने समेतका कार्यहरूलाई अनियमित वा सजायभागी हुने अनुचित कार्यको श्रेणीभित्र राख्नुपर्ने । (प्रकरण नं.१३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8619 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणयुक्त परमादेश |
| निर्णय वर्ष / मिति | 2068/01/27 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी | माननीय न्यायाधीश श्री कृष्णप्रसाद उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६८, नि.नं. 8619 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
