नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8618 · वि.सं. २०६८

नि.नं. 8618 — उत्प्रेषणयुक्त परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ कुनै व्यक्तिको सर्वस्व गर्दा निजको आफ्नो अंश भागमा पर्ने सम्पत्ति मात्रै सर्वश्व गर्नुपर्ने हुन्छ । अन्य अंशियाराहरूको सम्पत्ति सर्वश्व गर्न मिल्दैन । सर्वश्व गर्नु भनेको फौजदारी दण्डको एक प्रकृति भएकाले फौजदारी दण्ड जसले अपराध गरेको हो निजलाई मात्र सजाय गर्नुपर्छ भन्ने सिद्धान्तमा आधारित रहेको पाइन्छ । फौजदारी मुद्दाअन्तर्गतको दण्डात्मक दायित्व आफ्नो हकवाला वा अंशियाराहरूमा बाडिने नभई जसले अपराध गरेको हो उसैले मात्र व्यहोर्नु पर्ने । § अपराध घटेको जाहेरी पर्नु अघि नै लेखिएका वा गरिएका भोगबन्धक र दृष्टिबन्धकका तमसुकबमोजिम साहुको थैली पर सार्नुपर्ने हुन्छ । त्यस्तो कागज बाहेक अन्य सामान्य प्रकारका कागजका आधारमा गरिएको कारोवारअनुसारको रकम भने पर सार्नु पर्ने बाध्यता कानूनले तोकेको नपाइने । (प्रकरण नं.३) § फौजदारी कसूरको सजायस्वरुप सर्वश्व गर्नु एक स्थिति हो भने दुनियाको तिर्नु बुझाउनु पर्ने बिगोबापत जायजात गर्नु फरक अवस्था हो । दुनियाको बिगो तिर्नु पर्ने कर्तव्य वा दायित्व फौजदारी दायित्व नभई देवानी दायित्व अन्तर्गतको मानिन्छ । देवानी दायित्व आफूले मात्र नभई त्यस्तो व्यक्तिको हकवाला एवं अंश खाने अंशियारहरूले समेत बहन गर्नुपर्ने । (प्रकरण नं.४) § अदालतहरूबाट भएका फैसलाहरूको कार्यान्वयनलाई चुनौती दिने हिसावले परेका अनेक रिटहरू दर्ता गर्दै जाने र त्यस्तो रिटहरूमा फैसलाको मर्म र भावनाविपरीत हुने गरी आदेश गर्दै जाने स्थिति रहने हो भने त्यसले न्यायिक अराजकताको स्थिति पैदा हुने । (प्रकरण नं.६) § भोगबन्धकी र दृष्टिबन्धकी लिखतमा पनि कुनै न कुनै हदसम्म शर्तहरूको उल्लेख हुने गर्दछ । भोगबन्धकी र दृष्टिबन्धकीको लिखत भएकोमा सो दायित्व व्यहोर्न पर्ने तर त्यस्तै देवानी दायित्व कवुल गरेको अन्य लिखतको दायित्व व्यहोर्न नपर्ने भन्नु न्याय र विवेक एवं कानूनसंगत नहुने । (प्रकरण नं.७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8618
मुद्दाको विषयउत्प्रेषणयुक्त परमादेश
निर्णय वर्ष / मिति2067/11/17
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ | माननीय न्यायाधीश श्री भरतराज उप्रेती
उद्धरण सन्दर्भने.का.प. २०६८, नि.नं. 8618
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्