नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8614 · वि.सं. २०६८

नि.नं. 8614 — उत्प्रेषण परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ कुनै पनि कम्पनीले आफूले निष्काशन गरेको शेयरमध्ये ५० प्रतिशत बिक्री नभई शेयरको बाँडफाँड गर्न नहुनेमा कम्पनीले कम्पनी रजिष्ट्रारको कार्यालयमा म्याद थपको लागि निवेदन दिन सक्ने र कार्यालयले पनि ३ महिनासम्मको म्याद थप दिन सक्ने, यस्तो अवस्थामा पनि शेयर बाँडफाँड गर्न सकिएन भने व्याजसहितको रकम फिर्ता दिनुपर्ने । (प्रकरण नं.८) § कानूनी व्यवस्थाबमोजिम आफूले पालना गर्नुपर्ने कर्तव्य र दायित्व पालना गरेको कम्पनीले मात्र शेयर जफत गर्न पाउने स्थितिमा कम्पनीबाट शेयर खरीदकर्ताले चाहेमा व्याजसहितको रकम फिर्ता पाउने अवस्था भए पनि निजहरूले शेयरबापत दाखिल भएको रकमले खामेसम्मको शेयरलाई कायम गरी लिन चाहेको र कम्पनी रजिष्ट्रारको कार्यालयबाट पनि सोहीबमोजिमको निर्देशन दिएको अवस्थामा कम्पनीले त्यसलाई चुनौती दिदै सम्पूर्ण शेयर जफत गरेको कार्य कानूनसंगत भन्न नमिल्ने । (प्रकरण नं.९) § शेयरवाला भनी स्वीकार गरिसकेपछि निजहरूलाई निजहरूले जम्मा गरेको रकमले खामेसम्म शेयर कायम गरी सोको प्रमाणपत्र प्रदान गर्नुपर्ने वा प्रचलित कानूनबमोजिमको व्याजसहित रकम फिर्ता गर्नुपर्नेमा सो नगरी सम्पूर्ण शेयर जफत गर्न नमिल्ने । (प्रकरण नं.११) § व्यावसायिक जगतमा कुनै कम्पनीले निष्काशन गरेको शेयर खरीद गर्नु नै पर्छ भनी कुनै पनि व्यक्ति वा संस्थालाई वाध्य पार्न सकिदैन । उक्त कम्पनीको साख, मुनाफा व्यावसायिक जगतमा कम्पनीले हासिल गरेको लोकप्रियता र कम्पनीको विश्वसनियता आदि पक्षलाई विचार गरी शेयर खरीद गर्ने वा नगर्ने भन्ने व्यक्तिको स्वतन्त्रताको विषय पनि भएकाले यस्तोमा सर्वसाधारणबाट जम्मा हुनआएको रकमले खामेसम्मको शेयर कायम गरिदिनुपर्ने गरी विवेकसम्मत ढंगले निर्णय गर्नुपर्ने । (प्रकरण नं.१२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8614
मुद्दाको विषयउत्प्रेषण परमादेश
निर्णय वर्ष / मिति2067/04/16
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री तपबहादुर मगर | माननीय न्यायाधीश श्री अवधेशकुमार यादव
उद्धरण सन्दर्भने.का.प. २०६८, नि.नं. 8614
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्