नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8613 · वि.सं. २०६८

नि.नं. 8613 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ अपराध मनसाय प्रेरित वा जघन्य हुनु नै अ.बं. १८८ नं. को कानूनी व्यवस्था आकर्षित हुन नसक्ने निरपेक्ष आधार बन्न सक्ने देखिँदैन भने उमेर, अपराधको स्वीकारोक्ति, पक्राउ परेपछिको पछुतोभाव, अभियुक्तको अशिक्षित अवस्था जस्ता कुराहरू पनि सबै अवस्थामा अ.बं.१८८ नं. प्रयोग हुने आधार बन्न नसक्ने । § अ.बं. १८८ नं. को प्रयोग अक्सर गरी घटनाको अवस्था र प्रकृति, मृतकका क्रियाकलाप, वारदात घटाउन अभिप्रेरित गर्ने तत्व, वारदात घटाउँदा अपनाएको कार्य शैली, अभियुक्तको मानसिक अवस्था, मृतक र अभियुक्तबीच भएका क्रियाकलाप जस्ता कुराहरूमा अक्सर निर्भर रहने । § अपराध र सजायबीच सन्तुलन कायम गर्ने सम्बन्धमा अ.बं. १८८ नं. को प्रयोग मुनासिव आधारबिना अपराधिक मनसाय, तयारी र योजनाबद्ध ढंगले क्रूर कार्यशैली अपनाई गरिने हत्याका सम्बन्धमा सजाय घटाउने अस्त्रको रुपमा विकसित गर्नु उचित नहुने । (प्रकरण नं.६) § कसूर स्वीकार गर्नु र प्रायश्चित् गर्नुलाई मात्र अ.ब. १८८ नं. बमोजिम सजाय घटाउने राय व्यक्त गर्ने निरपेक्ष आधार बनाइनु मुनासिव नहुने । (प्रकरण नं.८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8613
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2067/10/05
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री तपबहादुर मगर | माननीय न्यायाधीश श्री अवधेशकुमार यादव
मुद्दा नं.२०६६-CR-००७२
उद्धरण सन्दर्भने.का.प. २०६८, नि.नं. 8613
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्