नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8609 · वि.सं. २०६८
नि.नं. 8609 — हक कायमसमेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ जग्गा नाप जाँच ऐन, २०१९ बमोजिम नापी हुनुभन्दा पहिले कुनै जग्गा कमाउने मोहीले आफूले कमाई आएको जग्गाको जग्गाधनी हो भनी कुनै व्यक्तिलाई देखाई नापीका बखत क्षेत्रीय किताब (फिल्डवुक) समेतमा जग्गाधनीको नाम समेत लेखाएको अवस्थामा मोहीले जग्गाधनी भनी लेखाएको व्यहोरा अन्य कुनै स्वतन्त्र र भरपर्दो प्रमाणबाट खण्डित नभएसम्म सो जग्गाको वास्तविक जग्गाधनी मोहीले देखाएकै व्यक्तिलाई मार्नुपर्ने । (प्रकरण नं.४) § विर्तावालाले २०४९ साल असार मसान्त अगावै रैकर परिणत गरिपाऊँ भनी दिएको निवेदनमा मालपोत कार्यालयबाट सो बमोजिम रैकर परिणत हुने, नहुने भनी निर्णय गर्न बाँकी रहिरहेको अवस्था देखिएमा विर्तावालाको तर्फबाट परेको त्यस्तो निवेदनलाई नै विर्तावाला निरन्तर कारवाहीमा रहेको मान्नुपर्ने । § जग्गाधनीको हैसियतमा रैकर परिणततर्फ दिएको निवेदनको निर्णय नभई सो निवेदन निरन्तर कारवाही रहिरहेको अवस्थामा जग्गाको मोहीको हैसियतले विर्ता उन्मूलन ऐन, २०१६ को दफा १२क को कानूनी व्यवस्थाबमोजिम दिएको निवेदनबमोजिम स्वतः मोहीको नाममा रैकर परिणत भै दर्ता गर्न नमिल्ने । (प्रकरण नं.७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8609 |
|---|---|
| मुद्दाको विषय | हक कायमसमेत |
| निर्णय वर्ष / मिति | 2068/03/20 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री कमलनारायण दास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६८, नि.नं. 8609 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
