नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 859 · वि.सं. २०३१
नि.नं. 859 — उत्प्रेषणको आदेश जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) कर्मचारीहरूको वारेमा कानूनको सुविधा वञ्चित गरेमा कानूनको हक हनन् भएको भनी संविधानको धारा ७१ अनुसार असाधारण अधिकार क्षेत्र भित्र पर्न जाने । निवेदकलाई कृषि खरिद विक्री संस्थानको समितिको तर्फबाट सेवाबाट बर्खास्त गरिएको लिखितमा सेवा शर्त विनियमको दफा ४४ को (ख) तथा (ज) को अभियोगमा भनी लेखेको पाइयो यो अभियोग लगाइएको भनी नाम खुलाई लेखेको देखिएन । विनियमको (ख) मा श्री ५ को सरकार वा संस्थान विरोधी कुनै काममा भाग लिएमा भन्ने लेखिएको र (ज) मा आचरण र अनुशासन सम्बन्धी नियम उल्लंघन गरेमा सजाय दिने व्यवस्था भएको देखियो । त्यसमा लेखिएमध्ये यो अपराध गरेको हो भनी दरखास्त गर्नेले नै खुलाउन नसकेकोमा ४९ को ३ (ग) कारवाई गर्दा विलकुल अव्यवहारिक हुन्छ भन्ने समितिलाई लागेमा प्रतिवाद लिई रहनु पर्दैन भन्ने लेखिएको अव अपराधकै पत्ता छैन भने त्यसको जवाफ अव्यवहारिक हुन्छ भने थाहा पाउन पनि सकिँदैन । कर्मचारीहरूको वारेमा कानूनको सुविधा वञ्चित गरेमा कानूनी हक हनन् भएको भनी संविधानको धारा ७१ अनुसार असाधारण अधिकार क्षेत्र भित्र पर्न जान्छ निवेदकले पुनरावेदन दिएकोमा संस्थानको सञ्चालक समितिको निर्णयबाट निजको अधिकार प्रचलन हुन नसकेको देखिएकोले उक्त निवेदकलाई बर्खास्त गर्ने गरी गरिएको गैरकानूनी निर्णयसमेत उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । नियमबमोजिम गरी मिसिल बुझाई दिनु । (प्रकरण नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 859 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणको आदेश जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2031/06/28 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. | माननीय न्यायाधीश श्री हेरम्बराज |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३१, नि.नं. 859 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
