नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8582 · वि.सं. २०६८
नि.नं. 8582 — कीर्ते जालसाजी
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ हस्ताक्षर जाँच गर्ने दुई विशेषज्ञको राय अलग–अलग भै विरोधाभाष रहेका अवस्थामा ती रायहरूलाई विवादको निरुपण गर्ने निश्चयात्मक र भरपर्दो प्रमाण मान्न सकिने देखिँदैन । यस्तो अवस्थामा विवादको निरुपण गर्न मुद्दाको तथ्य, पक्षहरूको सम्बन्धमा देखिएको विकसित घट्नाक्रम एवं परिस्थितजन्य प्रमाणहरूलाई नियाल्नु पर्ने । § विशेषज्ञको राय न्यायकर्तालाई निष्कर्षमा पुग्न सहयोग गर्ने आधार अवश्य हो । तर, विशेषज्ञको रायलाई एक मात्र निश्चयात्मक प्रमाण मानी अन्य प्रमाणलाई उपेक्षा गर्नु न्यायसंगत हुँदैन । अन्य भरपर्दा प्रमाणको विपरीत विशेषज्ञको राय भएमा न्यायकर्तालाई विशेषज्ञको राय प्रतिकूल निष्कर्ष निकाल्न आपत्ति नहुने । (प्रकरण नं.२) § कसूर गर्नेले सजाय पाउनु पर्ने हुन्छ । सम्पत्ति पाई नै हाल्यो भनेर गम्भीर करतुतहरू कानूनको आँखामा क्षम्य मानिदिँदा दण्डहीनताले प्रश्रय पाउने । § लिखत बदर तथा जालसाजी भन्ने दावी रहेकोमा लिखत बदर भएपछि जालसाजी नठहर्नु र लिखतमा वादीलाई प्रतिकूल असर पुर्याउने उद्देश्यले निजको कीर्ते सही गरिनु समान अवस्था नहुने । (प्रकरण नं.४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8582 |
|---|---|
| मुद्दाको विषय | कीर्ते जालसाजी |
| निर्णय वर्ष / मिति | 2067/11/01 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाह | माननीय न्यायाधीश श्री प्रकाश वस्ती |
| मुद्दा नं. | ०६४-CR-०८०८ | ०६६-CR-००४२ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६८, नि.नं. 8582 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
