नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8581 · वि.सं. २०६८
नि.नं. 8581 — उत्प्रेषण परमादेश समेत ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ मूल्याङ्कन गर्ने पदाधिकारीले दिएको अङ्क गणनामा त्रुटि देखिई सोलाई सच्याई दुवैतर्फ सही गरेकोलाई अन्यथा भन्न नमिल्ने । § सुपरीवेक्षकले अङ्क सच्याएको कार्यलाई अन्यथा उद्देश्य वा मनसायले गरेको प्रमाणित भएमा बाहेक स्वाभाविक क्रममा र रीतपूर्वक नै सो गरे भएको मान्नुपर्ने । (प्रकरण नं.२) § सुपरीवेक्षकले अघि दिएको अङ्क पछिबाट दुराशयपूर्ण तवरबाट घटाएको भन्न नमिल्ने कारणबाट निजामती सेवा नियमावलीले तोकेको पदाधिकारीले कार्यसम्पादन मूल्याङ्कन गरी दिएको अङ्कलाई गणना गरी सबैभन्दा बढी अङ्क पाएकालाई बढुवा गरेको बढुवा समितिको निर्णय तथा सोउपर उजूरी सुनी लोकसेवा आयोगले सदर गरेको निर्णय समेतलाई अन्यथा भन्न नमिल्ने । (प्रकरण नं.३) § का.स.मू. फाराममा दिएको अङ्कमा चित्त नबुझे निजामती सेवा ऐन, २०४९ को दफा २४क को उपदफा (६घ) अनुसार तोकिएको अधिकारीसमक्ष उजूर गर्न पाउने व्यवस्था भएकोमा सो अधिकारी नतोकिएको कारण उजूरीको सुनुवाई हुन नसकेकोमा कानूनबमोजिम काम गर्नुपर्ने कर्तव्य तोकिएको पदाधिकारीले उक्त कानूनी व्यवस्थाबमोजिम पदाधिकारी नतोकी आफ्नो कर्तव्य पूरा नगरेबाट आफ्नो उजूरीमा सुनुवाई हुने अधिकारबाट बञ्चित हुनु परेकोले उक्त ऐनबमोजिम अधिकारी तोक्नुपर्ने । (प्रकरण नं.४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8581 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण परमादेश समेत । |
| निर्णय वर्ष / मिति | 2067/11/29 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाह | माननीय न्यायाधीश श्री सुशीला कार्की |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६८, नि.नं. 8581 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
