नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8580 · वि.सं. २०६८
नि.नं. 8580 — उत्प्रेषण मिश्रित परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ विधायिकाले निर्माण गरेको कानूनलाई विधायिकाले नै संशोधन वा खारेज गरेको वा त्यसउपर संवैधानिकताको प्रश्न उठी अदालतबाट न्यायिक पुनरावलोकनको माध्यमबाट खारेज भएको अवस्थामा बाहेक विधायिकी कानूनको प्रभावकारितालाई समाप्त वा निस्तेज गर्ने अधिकार शक्तिपृथकीकरणको सिद्धान्तअनुरूप राज्यको कार्यकारिणी शक्तिको प्रयोग गर्ने सरकारलाई हुन नसक्ने । § सरकारले निर्णय गरी जारी गरेको परिपत्र प्रचलित संविधान तथा नेपाल कानूनमा उल्लेख भएका प्रावधानहरू अनुकूल नभई त्यसले सार्वजनिक हित प्रतिस्थापन गर्दछ भने त्यस्तो निर्णय तथा परिपत्रलाई मान्यता दिन नसकिने । (प्रकरण नं.६) § सरकारले गरेको निर्णय प्रचलित संविधान तथा कानूनका प्रावधानहरूसँग असंगत भई त्यसले सर्वसाधारणको कानूनसंगत व्यवहारमा बेमेलको अवस्था सिर्जना गर्दछ भने त्यस्तो निर्णयलाई लोककल्याणकारी भावनामा आधारित र न्यायसंगत मान्न नसकिने । (प्रकरण नं.७) § मालपोत अधिकृत समेत संलग्न भएको समितिबाट प्रत्येक वर्ष निर्धारण हुने मूल्याङ्कनलाई आधार मानी रजिष्ट्रेशन गराउने व्यवस्थाले उक्त मूल्यलाई आधार मानी जग्गा रजिष्ट्रेशन गराउन ल्याएकोमा थैली कम राखेको भनी नीतिगत निर्णय र परिपत्रको आधारमा पुनः मालपोत अधिकृतले प्रश्न उठाउन नमिल्ने । (प्रकरण नं.१०) § कार्यविधि र मापदण्ड नै नतोकी अधिकार प्रयोगको अवस्था दिँदा त्यसले स्वेच्छाचारिता र स्वच्छन्दतालाई बढावा दिने खतरा रहने हुन्छ । प्रचलित कानूनमा भैरहेको व्यवस्थालाई परिमार्जन वा संशोधन गरी अर्कै व्यवस्था गर्नु परेमा सरकारले संवैधानिक तथा कानूनी प्रक्रियाको अवलम्बनबाट नै त्यस्तो गर्न सक्ने हुन्छ । जग्गा खरीद बिक्री वा बकसपत्रको रजिष्ट्रेशन गराउँदा अनियमित क्रियाकलाप हुन सक्ने भन्ने लागेमा त्यसको रोकथामको लागि कानूनबमोजिमकै प्रक्रियाबाट आवश्यक संयन्त्र खडा गर्न सक्ने । (प्रकरण नं.११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8580 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण मिश्रित परमादेश |
| निर्णय वर्ष / मिति | 2068/01/27 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री तपबहादुर मगर |
| मुद्दा नं. | ०६६-WO-०९६८ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६८, नि.नं. 8580 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
