नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 858 · वि.सं. २०३१

नि.नं. 858 — उत्प्रेषणको आदेश जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) कुनै कानूनको अधिकार प्रयोग नगरी तथा यो कानूनको अनियमितता भएको हो भनी खुलाउन नसकी कित्ता जफत गरेको निर्णय बदर हुने । यसमा साविक मोहीको जग्गा विगाहा २–१७–१० भू.सं.ऐन अन्तर्गत बिक्री वितरणमा निवेदकले प्राप्त गरेको भनी विपक्षीको प्रतिवाद भएकोले साविकवालाको उजूर पर्ने अवस्था परेन उजूरवाला सुकुन यादव र निवेदक गणेशबहादुरलाई मिलापत्र गर्न भनी दुबै थरी उपर सहानुभूति राख्नु पर्ने अवस्था पर्न आएको भनी ज.बि.२–१७–१० मध्ये ज.वि.१–८–१५ जफत हुने ठहराएको कानूनसंगत देखिएन । सहानुभूति प्रकट गर्ने भनी उजूर परेको मध्ये आधी जग्गा जफत गर्ने गरेको मनासिव देखिँदैन । कुनै कानूनको अधिकार प्रयोग नगरी तथा यो कानूनको अनियमितता भएको हो भनी खुलाउन नसकेकाले विपक्षी मानबहादुर चन्दले यो कित्ता जफत गरेको निर्णय बदर हुन्छ । उत्प्रेषणको आदेश जारी हुनेछ ठहर्छ । यो आदेशको एक प्रति प्रतिलिपि विपक्षीकहाँ पठाउन महान्यायाधीवक्ताको कार्यालयमा पठाई मिसिल नियम बमोजिम गरी बुझाई दिनु । (प्रकरण नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.858
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी गरिपाउँ
निर्णय वर्ष / मिति2031/06/29
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. | माननीय न्यायाधीश श्री हेरम्बराज
उद्धरण सन्दर्भने.का.प. २०३१, नि.नं. 858
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्