नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8575 · वि.सं. २०६८

नि.नं. 8575 — उत्प्रेषण परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ प्रतिस्पर्धात्मक आधारमा पदपूर्ति गर्नुपर्ने पदहरूको पदपूर्ति गर्दा फराकिलो आधारमा प्रतिस्पर्धा हुन सक्ने अवस्थाहरूको अख्तियार गर्नु स्वाभाविक र युक्तिसंगत हो, तर सो सिलसिलामा कुनै खास पत्रिकामा विज्ञापन वा सूचना प्रकाशित भए सबैले थाहा पाउने र कुनै अन्यमा सूचना प्रकाशित गर्दा अरुले थाहा नपाउने भनी निष्कर्ष निकाल्न नहुने । § कुनै खास र सबैभन्दा बढी प्रति प्रकाशित हुने वा बिक्री वितरण हुने राष्ट्रियस्तरको पत्रिकामा मात्र सूचना प्रकाशित गर्नुपर्छ भन्ने मानेको खण्डमा समान वर्गका पत्रिकाहरूको बीचमा सम्भाव्य प्रतिस्पर्धात्मक क्षमता समाप्त हुन जाने । § कानूनले तोकेको वर्गको राष्ट्रियस्तरको पत्रिकामा सूचना प्रकाशित गर्दागर्दै पनि मनोगत आधार लिई अमुक खास पत्रिकामार्फत् नै सूचना प्रकाशित गर्नु भनी निर्देशन गर्नु र सो नगरेको कारणले राष्ट्रियस्तरको पत्रिकामा प्रकाशित सूचना रद्द गर्ने गरी भएको कारवाही समेत बदर गर्नु भेदभावपूर्ण र अस्वच्छ भन्नुपर्ने । § कानूनबमोजिम अख्तियारप्राप्त अधिकारीले खुल्ला बजारमा उपलव्ध विभिन्न राष्ट्रियस्तरका पत्रिकाहरू मध्ये कुनै खास पत्रिकामा सूचना प्रकाशित गर्ने निर्णय गर्नु प्रशासनिक स्वविवेकको कुरा हो र यसबाट कानूनको कुनै खास प्रावधानको उल्लघंन नभएको अवस्थामा हस्तक्षेप गरी कुनै अर्को निर्देशन जारी गर्नु नपर्ने । (प्रकरण नं.१०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8575
मुद्दाको विषयउत्प्रेषण परमादेश
निर्णय वर्ष / मिति2068/01/12
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ | माननीय न्यायाधीश श्री अवधेशकुमार यादव | माननीय न्यायाधीश श्री तर्कराज भट्ट | माननीय न्यायाधीश श्री प्रेम शर्माबाट भएको आदेशसँग मतैक्यता कायम हुन नसकी रिट निवेदन खारेज हुने गरी माननीय न्यायाधीश  श्री गिरीश चन्द्र लालबाट छुट्टै राय व्यक्त भै सर्बोच्च अदालत नियमावली | माननीय न्यायाधीश श्री प्रेम शर्माको राय सदर हुने ठहर्छ | माननीय न्यायाधीश श्री गिरीश चन्द्र लालको राय मनासिब देखिँदा प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ
मुद्दा नं.२०६७-WF-०००६
उद्धरण सन्दर्भने.का.प. २०६८, नि.नं. 8575
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्