नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8574 · वि.सं. २०६८
नि.नं. 8574 — उत्प्रेषणसमेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ करारीय आधारमा भाडामा लिनेदिने सम्झौता भएपछि सोही सम्झौताका शर्तको अधीनमा रही दुबै पक्षले आ–आफ्नो आचरण र व्यवहार गर्नु बाञ्छनीय मानिन्छ । भाडामा बसेको अवधिमा बसोवासका लागि आवश्यक पर्ने न्यूनतम् पूर्वाधार, सुविधा र वातावरण खोज्नु भाडावालको अधिकार हुन सक्छ तर त्यतिकै भरमा भाडामा बसिएको सम्पत्ति वा घरमाथि नै भाडावालको बसोवासको दीर्घकालीन अधिकार स्थापित (Right to Habitat) हुन्छ भन्न नमिल्ने । (प्रकरण न.५) § घर बहालको सम्बन्धमा अन्य खास कानूनी व्यवस्था नभएको र भएको व्यवस्था घर बनाउनेको ८ नं. लाई पनि बदर गर्ने हो भने मुलुकमा घर बहाल सम्बन्धमा कानूनविहीन अवस्था सिर्जना हुन जान्छ । यसबाट घर बहालमा दिनेभन्दा घर बहालमा बस्ने व्यक्ति नै असुरक्षित हुने स्थिति रहन्छ, जुन सार्वजनिक हितको स्थिति नदेखिने । (प्रकरण न.११) § घर बहालमा दिन कर लगाउन वा बहालमा बसेको आधारमा घरधनीको विरुद्ध बहालवालाकै बसोवासको हक हुने गरी सर्वसामान्य व्यवस्था गर्नुपर्छ भन्न न्यायसंगत र कानूनसंगत नहुने । (प्रकरण न.१३) § बहालमा बस्ने अधिकारलाई बसोवासको आधारभूत मानव अधिकारबाटै बञ्चित हुने अवस्थाको जस्तो समकक्षमा राखेर बुझ्न वा अर्थ गर्न नमिल्ने । (प्रकरण न.२२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8574 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणसमेत |
| निर्णय वर्ष / मिति | 2067/10/06 |
| अदालत / इजलास | विशेष इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ | माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल | माननीय न्यायाधीश श्री सुशीला कार्की |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६८, नि.नं. 8574 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
