नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8573 · वि.सं. २०६८

नि.नं. 8573 — कर्तव्यज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ घटना वारदात घटिसकेपछि मौकामा आफन्त समेतलाई घटनाको यथार्थ व्यहोरा नवताई आफू अपराधबाट उम्कन सकिन्छ कि भन्ने दुष्प्रयास गरी लास फालेको भोलिपल्ट आफूले लास देखेको भनी मृतकका परिवारलाई खवर गर्नुका साथै आफूले गरेको कसूर अपराधप्रति पश्चाताप नगरी अपराध लुकाउने दवाउने नियतले मानिस मरिसकेपछि पनि लास बोरामा हाली आफ्नै कालगतिले वा अरु कसैको कर्तव्यले मरेको भन्ने भान पार्न खोज्नेसम्मका घटनापश्चात्का पछिल्ला क्रियाकलाप समेतलाई दृष्टिगत गर्दा अ.बं.१८८ नं. बमोजिम सजाय घटाई १० (दश) बर्ष कैद हुन मनासिब नदेखिने । (प्रकरण नं.१०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8573
मुद्दाको विषयकर्तव्यज्यान
निर्णय वर्ष / मिति2067/11/12
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री तपबहादुर मगर | माननीय न्यायाधीश श्री कृष्णप्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री सुशीला कार्की
मुद्दा नं.२०६५-CF-००१४
उद्धरण सन्दर्भने.का.प. २०६८, नि.नं. 8573
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्