नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8568 · वि.सं. २०६८
नि.नं. 8568 — कर्तव्यज्यान ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ मृतकको शरीरमा तथा वारदातस्थलमा कुनै पनि संघर्षका चिन्ह छैनन् । कुनै हतियार वा लाठा ढुङ्गाको प्रयोग भएको देखिएको छैन । समान उमेरका दुई पक्षबीच संघर्ष हुँदा जसको मृत्यु हुन पुगेको छ त्यसको शरीरमा तथा वारदातस्थलमा कुनै न कुनै संघर्षका चिन्ह देखिनु पर्ने । § हातमा लगाएका चुरा फुटेको छैन । खुट्टामा लगाएका चप्पल पनि लगाइएको अवस्थामा जस्ताको त्यस्तै छन् । वारदातस्थलको वरिपरि दोस्रो व्यक्तिको पद चिन्हसमेत छैन भने मृत्युको कारणमा घाँटी थिचिई श्वास प्रश्वाश रोकिएको (asphyxia due to Strangulation) भन्ने उल्लेख छ । तर, मृत शरीर नै सडी गली सकेको र लासजाँच मुचुल्काले यस तथ्यलाई समर्थन नगरेको अवस्थामा सडे गलेको लाशको भिसेरा परीक्षण समेत गर्नुपर्नेमा सो कार्य पूरा नगरी व्यक्त गरेको विशेषज्ञको रायसमेतलाई न्यायको प्रयोजनको लागि भर पर्न नसकिने । (प्रकरण नं.३) § अनुमान, आशंका र संभावना अनिश्चित तत्व भएकाले यस्ता अनिश्चित तत्वले ज्यान मारेको पुष्टि गर्ने प्रमाणको स्थान ग्रहण गर्न नसक्ने । § प्रतिवादीको प्रहरी हिरासतमा नै रहँदा घाँटी रेटिएको भई घाँउ छ । यसलाई प्रहरी कागजमा आफूले नै ल्याएको दाह्री काट्ने ब्लेडले अपराधबाट बच्न आफैले काटेको भन्ने भनाई कागजमा राखिएको छ । अचानक पक्राउ परेको थुनुवाले दाह्री काट्ने पत्ति पनि साथै ल्याउनु र आफैँले घाँटी काट्नु भनिएको तथ्य पनि शंकाको घेरामा पर्न आउँछ । यस्तो अवस्थाको कतैबाट पुष्टि नहुने अनुसन्धान अधिकारीसमक्षको भनिएको सावितीलाई आधार लिएर ज्यान जस्तो कसूरमा सजाय गर्न नमिल्ने । (प्रकरण नं.६) § अन्य प्रत्यक्ष वस्तुगत प्रमाणको सर्वथा अभाव रहेको स्थितिमा केवल मौखिक प्रमाणको आधारमा अपराधी घोषित गर्न अदालतले अत्यन्त संयमता अपनाउनु पर्दछ । मौखिक प्रमाण दिने व्यक्ति स्वयमले देखेको, सुनेको र अनुभव गरेको कुरा भरपर्दो देखिएमा मौखिक प्रमाणले पनि उत्तम प्रमाणको रूप ग्रहण गर्न सक्दछ । तर शंकाको भरमा गरिएको अभिव्यक्तिलाई न्यायको रोहमा विश्वास गरिहाल्न नमिल्ने । (प्रकरण नं.८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8568 |
|---|---|
| मुद्दाको विषय | कर्तव्यज्यान । |
| निर्णय वर्ष / मिति | 2067/12/02 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री प्रकाश वस्ती | माननीय न्यायाधीश डा.श्री भरतबहादुर कार्की |
| मुद्दा नं. | २०६५-CR-०१६५ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६८, नि.नं. 8568 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
