नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8567 · वि.सं. २०६८

नि.नं. 8567 — उत्प्रेषणयुक्त परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

· अदालतको कारणबाट कुनै पक्षले जिती पाएको हकलाई सामान्य प्राविधिक कारण जनाई अन्तिम फैसलालाई नै शून्यमा परिणत गर्ने अर्थमा ग्रहण गरिनु न्यायसंगत नहुने । · अन्यथा प्रमाणित भएमा बाहेक कानूनी कर्तव्यनिहीत कर्मचारीले स्वाभाविक रूपमै कार्य सम्पन्न गरेको मान्नुपर्ने । (प्रकरण नं.४) · सम्बन्धित मिसिलबाट तारेखमा नरहेको भन्ने स्थापित हुन नसकेको अवस्थामा पक्षले तारेख गुजारेको मान्न सम्झन नमिल्ने । · मुद्दाका पक्षले तारेख गुजारी बसेको हो भन्ने कुराको स्थापन सम्बन्धित मिसिलबाटै पुष्टि हुनुपर्ने हुन्छ । सम्बन्धित मिसिलमा अख्तियारवाला कर्मचारीले गर्नुपर्ने कार्य नगरी लापरवाहीपूर्ण कार्य गरेको भए त्यस्तो कार्यको नकारात्मक परिणाम न्याय खोज्ने पक्षमाथि थोपरिनु न्यायसंगत नहुने । · पक्ष तारेखमा रहेको तारेख पर्चाबाट देखिएको र उक्त तारेख पर्चा अन्यथा प्रमाणित नभएको अवस्थामा त्यसको जिम्मेवार मुद्दाका पक्षलाई बनाई तारेख गुजारेको भन्नु न्यायसंगत नहुने । (प्रकरण नं.५) · फैसला कार्यान्वयनको अधिकारको प्रचलनको लागि सम्बन्धित पक्षले कानूनद्वारा तोकिएको प्रक्रियाअनुरूप अदालतमा प्रवेश गरेको र प्रत्येक अदालती प्रक्रियामा सहभागी भई रहेको अवस्थामा यथाशीघ्र फैसलाको कार्यान्वयन गरिदिनुपर्ने हुन्छ । अदालती कायाविधिगत प्रक्रिया लम्बिन गई मिसिलमा अदालतकै कामकारवाहीको कमी कमजोरीको कारणबाट देखा परेको तारेखसम्बन्धी प्राविधिक विषयमा पक्षको कुनै दोष नभई पक्ष आफ्नो स्थापित अधिकार प्रचलनार्थ सजग भई अदालतको कानूनी प्रक्रियामा सहभागी भइरहेको देखिएको अवस्थामा अदालत आफ्नो फैसला कार्यान्वयन गरिदिने दायित्वबाट पन्छन नमिल्ने । · फैसला कार्यान्वयनबाट नै अदालतप्रतिको जनआस्था समेत वढ्ने समेत हुँदा अदालत सधै आफ्नो अन्तिम फैसलालाई निष्प्रभावी हुन नदिई त्यसको कार्यान्वयनको लागि सक्रिय हुनुपर्ने । (प्रकरण नं.६) निवेदक तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ताद्वय श्री लक्ष्मीबहादुर निराला र श्री विश्वनाथ उपाध्याय एवं विद्वान अधिवक्ता श्री प्रमोदप्रसाद साह विपक्षीतर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ताद्वय श्री कृष्णप्रसाद भण्डारी र श्री हरिहर दाहाल एवं विद्वान अधिवक्ताद्वय श्री सविता बराल र श्री बालमुकुन्द श्रेष्ठ

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8567
मुद्दाको विषयउत्प्रेषणयुक्त परमादेश
निर्णय वर्ष / मिति2067/11/15
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुशीला कार्की | माननीय न्यायाधीश श्री प्रकाश वस्ती
मुद्दा नं.०६५-WO-०१०३
उद्धरण सन्दर्भने.का.प. २०६८, नि.नं. 8567
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्