नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8563 · वि.सं. २०६८
नि.नं. 8563 — धर्मलाप
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ गुठीका गुठियारहरूको प्रमुख उद्देश्य अघिदेखि चली आएको पूजाआजा चलाई सामूहिक रुपले थिति बन्देजअनुसार भोग चलन गर्न पाउनेसम्म हुन्छ । गुठीको सम्पत्ति नासी, मासी वा खण्डीकरण गरी गुठीको सनातनदेखिको अस्तित्वलाई लोप गर्नु गुठीको उद्देश्य एवं मान्यताविपरीत हुने । § गुठीको एउटै जग्गा एकाको नाउँमा हक कायम हुँदा गुठी कायम हुने र अर्काको नाउँमा हक कायम हुँदा गुठी नहुने भनी अर्थ गर्न समेत मिल्दैन । अतः उक्त जग्गाको साविकको हकको स्रोत एवं २०५४ सालमा भएको मिलापत्र समेतबाट वादी प्रतिवादीहरू दुवै पक्षको हक कायम भएको जग्गाको साविकको स्रोत र स्रेस्ता नै परिवर्तन हुने आधार नदेखिँदा सो जग्गा गुठी नै कायम हुने गरी जग्गाको आयस्ताबाट सनातनदेखि चली आएको पर्व पूजालाई निरन्तरता दिनुपर्ने । (प्रकरण नं.५) § गुठीको मूल उद्देश्यलाई प्रतिकूल असर नपर्ने गरी गुठियारले गुठीको सम्पत्तिउपर आफ्नो दायित्व बोध गर्नसम्म मिल्ने देखिए तापनि गुठीलाई नै मास्ने वा गुठीको मान्यता र प्रयोजनविपरीत हुने कुनै कामकारवाही गर्न गुठियार स्वतन्त्र हुन्छन् भन्न गुठीको जग्गाको प्रकृतिबाट समेत नमिल्ने । (प्रकरण नं.६) § गुठियारहरू मध्ये कसैको भाग बाँकी राखी बाँकीले तजवीज गर्दै जाने गर्दा कालान्तरमा गुठीको एकत्व जोगाउन नसक्ने गरी खण्डित र विलय हुने अवस्था सिर्जना हुन जान्छ । गुठीको सम्पत्तिको संरक्षण र गुठियारहरूको हितको संयुक्तता नै गुठीको मुख्य मर्म हुन्छ । गुठीको सम्पत्ति क्षयीकरण गुठीको उद्देश्यभित्र पर्न सक्दैन । आफूखुशी गुठीको जग्गा विक्री गर्ने कार्यले गुठीको आधारभूत प्रयोजन समाप्त हुन जाने । § कुनै एक पक्षले मात्र अर्को पक्षको सहमतिबेगर गुठी जग्गामध्ये केही भागको हकमा गुठी जग्गा रैकरमा परिणत गरी अक्षयकोष खडा गर्ने र केही भागको हकमा गुठी जग्गा नै यथावत् राखी गुठी जग्गा खण्डिकरण गरी रुपान्तरण गर्न मिल्ने देखिएन । यस्तो विषयमा प्रचलित कानूनबमोजिम गुठीको उद्देश्यविपरीत नहुने गरी गुठियारहरूबाट उपयुक्त निर्णय गर्न सकिने भएतापनि गुठियारहरू नै विभाजित भई गुठीको सम्पत्ति नै खण्डित गरी विभिन्न रुप दिन नमिल्ने । (प्रकरण नं.८) § गुठी सञ्चालन गर्ने उद्देश्य र प्रयोजनको निमित्त आफ्ना पूर्खाहरूद्वारा राखिएको जग्गा मिलापत्रबाट नै हक छुट्टी सकेको अवस्थामा सोही जग्गाउपर नामसारी दा.खा. समेतको दावी लिई पुनः विवाद सिर्जना गर्नु गुठीको उद्देश्यविपरीत हुन जाने । (प्रकरण नं.११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8563 |
|---|---|
| मुद्दाको विषय | धर्मलाप |
| निर्णय वर्ष / मिति | 2066/12/10 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ | माननीय न्यायाधीश श्री सुशीला कार्की |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६८, नि.नं. 8563 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
