नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8558 · वि.सं. २०६८
नि.नं. 8558 — उत्प्रेषण, प्रतिषेध
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुनै अधिकारीबाट अधिकारक्षेत्रविहीन कार्य भएमा त्यसलाई सच्याउने आदेश दिन सक्छ । तर आयोगलाई सुपरिवेक्षकीय (supervisory) अधिकार दिएको मान्न नमिल्ने । (प्रकरण नं.१३) § राज्यका हरेक अङ्ग तथा पदाधिकारीहरूका कामकारवाही क्रियाकलाप कानूनसम्मत हुनुपर्दछ । कोही पनि कानूनभन्दा बाहिर जान सक्दैन । जतिसुकै राम्रो परिणाम आउने काम गरे पनि यदि त्यो काम गर्ने अधिकार छैन अर्थात् नभएको अधिकार प्रयोग भएको छ भने त्यसले बैधता प्राप्त गर्न नसक्ने । § तोकिएको अधिकारभन्दा बढी अधिकार कसैले पनि प्रयोग गर्न सक्तैन । प्रस्तावित आकाशे पुल निर्माण संझौतामा भ्रष्टाचार भएको भन्ने नदेखिएको र अधिकार दुरुपयोग भएको भन्ने पनि नदेखिएको अवस्थामा आकाशे पुलको Design को सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राय दिने वा Design बदल्न लगाउन आदेश गर्न सक्दैन । त्यस्तो आदेश अधिकारक्षेत्रविहीन हुन्छ । क्षेत्राधिकारको अभावमा भएको कुनै पनि कार्यले मान्यता प्राप्त गर्न नसक्ने । (प्रकरण नं.१४) निवेदकतर्फवाट विद्वान वरिष्ठ अधिवक्ताहरू श्री श्यामप्रसाद खरेल, श्री हरिहर दाहाल, श्री रामप्रसाद सिटौला तथा विद्वान अधिवक्ताहरू श्री हरिकृष्ण कार्की, श्री भेषराज न्यौपाने, श्री सतिशकृष्ण खरेल, श्री प्रकाश राउत, श्री हीरा रेग्मी, श्री बाबुराम कुवँर, श्री माधवप्रसाद बाँस्कोटा, श्री माधवकुमार बस्नेत, श्री भीमार्जुन आचार्य, श्री प्रमोद बैद्य, श्री ज्योति बानियाँ, श्री बाबुराम गिरी, श्री आशिकराम कार्की, श्री हर्कबहादुर भट्टराई
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8558 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण, प्रतिषेध |
| निर्णय वर्ष / मिति | 2067/12/02 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बलराम के.सी. | माननीय न्यायाधीश श्री तर्कराज भट्ट |
| मुद्दा नं. | २०६७-WO-०६०३ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६८, नि.नं. 8558 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
