नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8555 · वि.सं. २०६८
नि.नं. 8555 — उत्प्रेषणयुक्त प्रतिषेध
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ प्रशासकीय प्रकृतिको नवीकरण जस्तो कार्य गर्दा तहतहबाट टिप्पणी उठी Work Schedule अनुसारका कार्यहरू कम्पनीले पूरा नगरेको भन्ने आधारमा गरिएको निर्णय तथा कामकारवाहीलाई अन्यथा भन्न नमिल्ने । (प्रकरण नं.५) § सर्वेक्षण अनुमतिपत्रको शर्तमा उल्लेख भएबमोजिमको आफ्नो दायित्व समयमै पूरा गर्न नसकी दायित्वबाट विचलित भएको र शर्तबमोजिमको आफ्नो दायित्व पूरा नगरेको भनी अघिल्लो वर्ष म्याद थप गर्दा नै सचेत समेत गराइसकेको अवस्थामा केवल निवेदन जिकीरकै आधारमा मात्र सर्वेक्षण अनुमतिपत्रमा उल्लेख भएबमोजिमको कामकारवाही समयमै पूरा गरेको अर्थात् कामकारवाही सन्तोषजनक रहे भएको भनी भन्न मिल्ने अवस्था नदेखिने । (प्रकरण नं.७) § कम्पनीले पेश गरेको प्रगति रिर्पोटको तथ्यको विश्लेषण र मूल्याङ्कन गर्ने लगायतका सम्पूर्ण कार्यहरू रिट क्षेत्रबाट हेरिने नभई कानूनबमोजिम सम्बन्धित निकाय तथा अख्तियारवालाबाट हेरिने विषय हुने । (प्रकरण नं.८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8555 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणयुक्त प्रतिषेध |
| निर्णय वर्ष / मिति | 2067/11/16 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री खिलराज रेग्मी | माननीय न्यायाधीश श्री अवधेशकुमार यादव |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६८, नि.नं. 8555 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
