नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8554 · वि.सं. २०६८

नि.नं. 8554 — उत्प्रेषणसमेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ राज्य भनेको यथार्थमा भूगोल मात्र नभएर त्यहाँ बसोबास गर्ने जनता हो, ती जनताले अपनत्ववोध नगरेसम्म राज्यबाट सञ्चालित कुनै पनि क्रियाकलापहरू सार्थक एवं सफल हुन नसक्ने । § राज्यप्रति, राज्य संयन्त्रप्रति र राज्यबाट सञ्चालन हुने क्रियाकलापहरू प्रति जनताको आस्था र विश्वास जागृत गर्नका लागि राज्य संयन्त्रमा आफ्नो समेत सहभागिता हुन सक्छ, त्यसका लागि राज्यले वातावरण निर्माण गरेको छ भन्ने आभाष दिनका लागि कुनै न कुनै रुपले ढोका खोलिदिनु जरुरी हुने । (प्रकरण नं.४) § संविधान स्वयं क्रियाशील हुने दस्तावेज होइन, यो राज्यको राजनीतिक आर्थिक दस्तावेज हो, राज्यको मूल नीति हो । संविधानलाई अन्य कानूनहरूका माध्यमबाट, नीति, योजना र कार्यक्रमहरूका माध्यमबाट र विभिन्न राज्य संयन्त्रहरूको क्रियाशीलताबाट नै क्रियान्वित हुनुपर्ने । (प्रकरण नं.५) § अन्तरिम व्यवस्थापनका लागि गरिएको कानूनी व्यवस्थालाई त्यसको उद्देश्य र त्यसमा अन्तर्निहित सामाजिक रुपान्तरणको सोचप्रति उपेक्षा गरी अन्यथा व्याख्या गर्न नमिल्ने । (प्रकरण नं.६) § देशको भौगोलिक संरचनाअनुसार केही क्षेत्र सदैव पछाडि पर्दै आएका छन्, भौगोलिक विकटताका दृष्टिले ठगिएका ती क्षेत्रहरू राज्यको समग्र विकास प्रक्रियामा समेत पछाडि पर्दै आएको यथार्थलाई नकार्न सकिँदैन । त्यसैले महिला, आदिवासी/जनजाति, मधेशी, दलित, अपांग र पिछडिएको क्षेत्रको समग्र उत्थानका लागि राज्यको मूल कानूनमा नै प्रतिवद्धता व्यक्त हुनु र तदनुरुप अन्य कानूनद्वारा कानूनी प्रत्याभूति दिँदै कार्यक्रमिक हिसावले पनि तदनुरुपको व्यवहार हुनुलाई अन्यथा मान्न नसकिने । (प्रकरण नं.७) § राजपत्रमा सूचना प्रकाशन गरी नतोकेसम्मका लागि सबै महिला, आदिवासी/जनजाति, मधेशी, दलितलाई आर्थिक तथा सामाजिक रुपमा पछाडि परेको समुदाय मानिने भनी अन्तरिम व्यवस्थापन गरेको सन्दर्भमा त्यस किसिमको अन्तरिम व्यवस्थालाई लामो समयसम्म कायम राखिनु हुँदैन । त्यस्ता विषयमा तत्कालै अध्ययन हुनु पर्दछ, वास्तविक रुपमा पछाडि परेको वर्गको पहिचान गर्नु पर्दछ र तदनुरुपको न्यायपूर्ण कानूनी प्रबन्ध गरिनु पर्ने । (प्रकरण नं.१०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8554
मुद्दाको विषयउत्प्रेषणसमेत
निर्णय वर्ष / मिति2067/10/06
अदालत / इजलासविशेष इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा | माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी | माननीय न्यायाधीश श्री अबधेशकुमार यादव
मुद्दा नं.०६६-WS-००३१
उद्धरण सन्दर्भने.का.प. २०६८, नि.नं. 8554
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्