नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8552 · वि.सं. २०६८

नि.नं. 8552 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ अ.वं. १८८ नं. बमोजिम राय लगाई घटी सजाय गरेउपर वादी प्रतिवादी कसैलाई पुनरावेदन गर्ने अधिकार नहुने । § अ.वं. १८८ नं. बमोजिम भएको सजाय बढी भएको भनी प्रतिवादीहरूले अथवा सो घटी सजाय गर्ने रायविपरीत बढी सजाय हुनुपर्ने भनी वादीले पुनरावेदन गर्न पाउने हुँदैन । अ.वं. १८८ नं. को प्रयोगको विषय न्यायिक विवेकको विषय भएकाले त्यसलाई मुद्दाका कुनै पनि पक्षले चुनौती दिन वा सोसम्बन्धी विषयलाई अधिकारको रुपमा दावी गर्न नसक्ने । § न्यायिक विवेक प्रयोग गर्न पाउने गरी कानूनले अनुमति प्रदान गरेको अवस्थामा त्यसरी प्रयोग गरिने विवेकमाथि अङ्कुश लगाउने गरी मुद्दाका पक्षले नै चुनौती दिने हो भने त्यस्तो अधिकार निरर्थक हुन जान्छ । कसूरदार देखिँदादेखिँदै पनि विभिन्न परिस्थितिहरूको आकलन र विश्लेषणबाट कम सजाय हुनुपर्ने महसूस गरिएको अवस्थामा मात्र त्यस्तो स्वविवेकीय अधिकारको प्रयोग गरिन्छ । त्यसरी विवेक प्रयोग गर्दा समेत त्यसको स्पष्ट आधार र कारण खुलाउनु पर्ने व्यवस्था आफैंमा स्वविवेकीय अधिकारको स्वेच्छाचारी प्रयोग हुन नहुने मान्यताको उपज भएकाले त्यसमा पुनः पक्षहरूद्वारा आपत्ति जनाउने वा यस्तो हुनुपर्ने भनी आग्रह गर्न नमिल्ने । (प्रकरण नं.६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8552
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2067/12/24
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री तपबहादुर मगर | माननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाह | माननीय न्यायाधीश श्री कृष्णप्रसाद उपाध्याय
मुद्दा नं.०६७-CF-००१५
उद्धरण सन्दर्भने.का.प. २०६८, नि.नं. 8552
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्