नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8551 · वि.सं. २०६८

नि.नं. 8551 — उत्प्रेषणसमेत ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ छुट्टै कानूनी व्यवस्थाद्वारा काम, कर्तव्य, अधिकार र पदीय दायित्व निर्वाह गर्नुपर्ने वर्गका निजामती सेवाका कर्मचारी र अन्य नागरिकहरूलाई एउटै अवस्था र हैसियतमा रहेका समान वर्गका रुपमा हेर्न र सोहीअनुसारको व्यवहार गर्न मिल्ने कानूनी आधार नदेखिने । § तोकिएको जिम्मेवारी पूरा गरी राज्यबाट सुविधा लिइरहेका निजामती कर्मचारीहरूका बालबालिकाहरूलाई गुणस्तरीय शिक्षाको व्यवस्था गर्ने र राज्यबाट कुनै सुविधा प्राप्त नगर्ने अन्य नागरिकका बालबालिकाहरूको लागि गुणस्तरीय शिक्षाको व्यवस्था नगरेको भन्ने आधारमा विद्यालय खोल्ने र छात्रवृत्ति प्रदान गर्ने गरेको व्यवस्था बदरको माग दावी जायज र औचित्यपूर्ण नदेखिने । § सरकारले निजामती सेवाभित्रका कर्मचारीहरूबाट प्रवाह हुने सेवाको गुणस्तरलाई अभिवृद्धि गर्ने उद्देश्यले आर्थिक ऐनमा गरेको व्यवस्थालाई समानताको हकसँग दाँजेर हेरी सोही आधारमा भैरहेको व्यवस्थालाई असमान भएको मान्न नसकिने । (प्रकरण नं.६) § सरकारी अनुदान प्राप्त विद्यालयमा नियमित अनुगमन एवं निरीक्षण हुन नसकेको कारण शिक्षाको गुणस्तरमा सुधार हुन नसकेको, आर्थिक अभावको कारणले विद्यालय नै बन्द हुनसक्ने परिस्थिति, निम्न आर्थिक स्थिति भएका नागरिकका छोराछोरीलाई पर्याप्त छात्रवृत्तिको व्यवस्था हुन नसकेको, विद्यालयमा छात्र छात्रालाई छुट्टाछुट्टै चर्पीको व्यवस्था नहुँदा विद्यालयक्षेत्र दुर्गन्धित भै बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर परेको, जीर्ण अवस्थामा रहेका विद्यालय भवन मर्मत सम्भार नहुँदा जोखिमपूर्ण अवस्थामा अध्यापन गराउनु पर्ने वाध्यता रहेको र अपाङ्ग विद्यार्थीहरूलाई अपाङ्ग मैत्री विद्यालय पर्याप्त नभएको जस्ता यावत् कुरालाई राज्यका तर्फबाट सम्बोधन गर्नुपर्ने । (प्रकरण नं.१०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8551
मुद्दाको विषयउत्प्रेषणसमेत ।
निर्णय वर्ष / मिति2067/10/06
अदालत / इजलासविशेष इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री खिलराज रेग्मी | माननीय न्यायाधीश श्री मोहनप्रकाश सिटौला | माननीय न्यायाधीश श्री भरतराज उप्रेती
मुद्दा नं.२०६६-WS-००२३
उद्धरण सन्दर्भने.का.प. २०६८, नि.नं. 8551
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्