नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8550 · वि.सं. २०६८

नि.नं. 8550 — नोक्सानी बिगो

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ सम्झौताका निश्चित शर्तहरू, निश्चित प्रयोजन र निश्चित कार्य सम्पन्न समयसीमा आपसी सहमतिका आधारमा तय हुने र त्यसरी तय गरिएका आपसी मापदण्डका आधारहरू दुबै पक्षलाई बन्धनकारी हुन्छन् । सम्झौतामा उल्लिखित बन्धनकारी शर्तहरू कुनै पक्षले पूरा नगरेमा सोबाट सिर्जित हुन पुगेको दायित्व शर्त पूरा नगर्ने पक्षले व्यहोर्नु पर्ने । (प्रकरण नं.४) § १० प्रतिशतभन्दा घटी वा बढीको मूल्य आर्थिक प्रशासनको नियमानुसार लिन दिन मञ्जूर छु भनी कबुलियत गरिसकेपछि सो निकायले कायम गरेको दरभाउ र आर्थिक प्रशासनसम्बन्धी नियमावली, २०४२ को अधीनमा रही दावी गर्नुपर्नेमा बढ भएको मूल्यको कार्यतालिका आफ्नो मनोमानी ढंगले एकतर्फीरुपमा पेश गरी असीमितरुपमा मूल्यवृद्घिको माग गरिएको दावी उक्त सम्झौता विपरीत हुने । (प्रकरण नं.५) § कार्यादेशअनुसारको समयसीमामा कार्य सम्पन्न हुन नसकेको मुनासिब कारण भएमा मात्र कार्य सम्पन्न गर्नको लागि सम्झौतामा पहिला निश्चित गरिएको अवधि पछि थपिएको म्यादको औचित्ययता सम्झौतापत्र तथा आर्थिक प्रशासनसम्बन्धी नियममा भएको त्यस्तो व्यवस्था तोकिएको कार्य सम्पन्न गर्न ठेकेदारले नसकेमा निजबाट क्षतिपूर्ति भराउने तथा जरीवाना नलगाउने सम्मका लागि हो । यसरी म्याद थप गरेको अवधिसमेतको हकमा निर्माण कार्य ठेक्का लिने त्यस्तो फर्म वा कम्पनी वा व्यक्तिको सुविधाको लागि निजीरुपमा प्रयोग भएका घरभाडा, कर्मचारीहरूको तलब सबै प्राप्त गर्न नसक्ने । (प्रकरण नं.६) § सम्पूर्ण खर्चसमेत लेखाजेखा गरी ठेक्का सम्झौताका लागि आव्हान भएको बोलपत्रमा वादीले सोमा भएका सम्पूर्ण प्रस्ताव स्वीकार गरी सम्झौता गरेपछि त्यसमा व्यवस्था नभएका थप सुविधा माग गर्न र पाउन सक्दैन यस्तो माग कानूनसम्मत नहुने । § शर्तबमोजिम निर्माण कार्य पूरा नगरी नोक्सानी भएको भनी दावी लिने पक्ष वादीले नै समयमा निर्माण कार्य शुरु नगर्ने, थप भएको म्यादमा पनि निर्माण कार्य सम्पन्न नगरी काम बीचमा नै छाडी दायित्व पूरा नगरी शर्तको परिपालना गर्न नसकेको अवस्थामा आफ्नै कारणले आफैलाई पर्न गएको आर्थिक व्ययभारको परिपालना प्रतिवादी पक्षबाट गराई नोक्सानी विगो भराइ माग्न नपाउने । (प्रकरण नं.७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8550
मुद्दाको विषयनोक्सानी बिगो
निर्णय वर्ष / मिति2067/10/04
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री भरतराज उप्रेती
उद्धरण सन्दर्भने.का.प. २०६८, नि.नं. 8550
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्