नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 855 · वि.सं. २०३१

नि.नं. 855 — जग्गा खिचोला

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) हद माथि वा मुनिको छुट्याउँदा वादीले नालेसमा खुलाई कोर्टफी दाखिल समेत गरेको विगोलाई नै कायम मान्न पर्ने, पहिले नै कोर्टफी राखेकोमा पछि खुलाएको विगोबाट हदमाथिको गर्न नमिल्ने । यसमा यो मुद्दा अञ्चल अदालतले छिने उपर सर्वोच्च अदालतमा पुनरावेदन लाग्ने नलाग्ने हदमुनि या माथि के रहेछ भन्ने तर्फ हेर्दा सेती अञ्चल अदालतको ०२६।४।२० को फैसलामा विगोबाट हदमाथिको हुँदा पुनरावेदन लाग्ने भनी म्याद दिएको आधारमा सर्वोच्च अदालतमा पुनरावेदन दर्ता हुन आएको देखिन्छ विगो के कति रहेछ भन्नेतर्फ हेर्दा प्रस्तुत नालेसमा वादीले दावीको जग्गाको आज भोलिको बिक्री दरले रू.१०००। मोल जाने भनी खुलाएको र शुरूमा नालेस गर्दा र शूरु उपर पुनरावेदन दिंदा समेत सोही विगोलाई कायम मानी लाग्ने कोर्टफी दाखिल गरे गराएको पाइन्छ । सेती अञ्चल अदालतको फैसलाको १ दफामा ०२६।४।२० मा छुट भनी दाखिल गरेको कोर्टफी रू.१०३।७५ भन्ने उल्लेख गरेको हकमा सो ०२६।४।२० मै उक्त अञ्चल अदालतले फैसला गरेको उक्त फैसलामा उल्लेख गरे अनुसार छुट भनी कोर्टफी रू.२०३।७५ दाखिल गरे गराएको कुनै आधार र आम्दानी बाँधेको निस्सा समेत मिसिलमा पाउन सकिएन । यदि पछि बढी मोल विगो खुलाई छुट्टै कोर्टफी भनी दाखिला गरे गराएकै भए पनि मुद्दा हदमाथि या मुनिको छुट्याउँदा वादीले नालेसमा खुलाई कोर्टफी दाखिल समेत गरेको विगोलाई नै कायम मान्नु पर्ने यसरी पहिले नै कोर्टफी रहेकोमा पछि खुलाएको विगोबाट हदमाथि गर्न नमिल्ने समेत हुँदा वादीले नालेसमा रू.१०००। मात्र मोल विगो खुलाई कोर्टफी दाखिल गरेको यो मुद्दा तत्काल प्रचलित न्याय प्रशासन विविध व्यवस्था ऐन, ०१८ को संशोधित दफा ८ को उपदफा २ को खण्ड (क) अनुसार हद मुनिको हुने भई सेती अञ्चल अदालतको फैसला उपर सर्वोच्च अदालतमा पुनरावेदन लाग्न सक्ने देखिएन तसर्थ सेती अञ्चल अदालतको फैसला उपर वादी पक्षले सर्वोच्च अदालतमा दिएको पुनरावेदन खारेज हुने ठहर्छ पुनरावेदन खारेज हुने ठहरेकोले अरू कुरा विचार गरिरहनु परेन, वादी पक्षको पुनरावेदन कायम मानी ०२८।२।२६।४ को डिभिजन बेञ्चले फैसला गरेको मिलेको देखिएन, अरू तपसील बमोजिम गर्नु । (प्रकरण नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.855
मुद्दाको विषयजग्गा खिचोला
निर्णय वर्ष / मिति2031/09/05
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री हेरम्बराज | माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र
उद्धरण सन्दर्भने.का.प. २०३१, नि.नं. 855
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्