नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8549 · वि.सं. २०६८
नि.नं. 8549 — उत्प्रेषण परममादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ सेवा विधिशास्त्र (Service Jurisprudence) मा कर्मचारीको पक्षमा उदार व्याख्या अपेक्षित छ । कानूनले नै स्पष्ट शब्दमा नपाउने भनी निषेध नै गरेको सुविधा दिन मिल्दैन । तर सुविधा नदिने नै उद्देश्य राखी गरिने व्याख्यालाई अपव्याख्या मान्नुपर्ने । § स्वेच्छिक अवकाश लिन सूचना दिने कर्मचारी कार्यरत् नै छन् भने अन्य कर्मचारीले पाउने तलब वृद्घि समेतका सुविधा नदिने भन्ने तर्क संविधान संरक्षित समानताको सिद्घान्त अनुकूल हुन्छ न त जहिले पनि सुविधा दिने सम्बन्धमा कानूनले प्रत्यक्षरुपमै निषेध गरेको अवस्थामा बाहेक कर्मचारीको हितमा कानूनको व्याख्या गरिनु पर्दछ भन्ने सेवा विधिशास्त्रको आधारभूत सिद्घान्त अनुकूल नै हुने । (प्रकरण नं.५) § नीतिगत रुपमा निर्णय गर्दा कुनै कर्मचारीले सुविधा प्राप्त गर्ने र सोही हैसियतका बढ तलब दिने निर्णय लागू भएपछि अवकाश लिएका यी निवेदकहरूले प्राप्त गर्न नसक्ने भनी अर्थ गरिनु हुँदैन । समानहरूका बीच समानता कायम गर्ने क्रममा कानूनको प्रयोग गर्दा असमान व्यवहार गरिनु हुँदैन । यसो गरिएको देखिन्छ भने त्यसलाई न्यायसंगत मान्न उचित नहुने । (प्रकरण नं.६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8549 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण परममादेश |
| निर्णय वर्ष / मिति | 2067/10/04 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुशीला कार्की | माननीय न्यायाधीश श्री प्रकाश वस्ती |
| मुद्दा नं. | २०६६-WO-०१९७ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६८, नि.नं. 8549 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
