नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8545 · वि.सं. २०६८
नि.नं. 8545 — साँवा व्याज र हर्जाना समेत दिलाई पाऊँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ लिलाम गर्नेले कानूनको रीत पुर्याउन नसकेको कारणबाट सकारवालाले सकार गरेको लिलाम कायम रहन नसकेको अवस्थामा सोको कारणबाट सकारवालाले व्यहोर्नु परेको आर्थिक परिणामलाई अनदेखा गर्न कानून, न्याय र विवेकले समेत नदिने । (प्रकरण नं.३) § मुलुकी ऐन लेनदेन व्यवहारको महलको १० नं. मा हक छाडी दिए लिएको सदर नभएको अवस्थामा त्यस्तो किसिमको रकम भरी पाउने व्यवस्था भएको देखिएको र लेनदेन व्यवहारको १० नं.कै अवस्थाको मुद्दा प्रस्तुत मुद्दा नभए पनि यस किसिमको स्थितिमा लगानीकर्ताको त्रुटि बिना अकारण आर्थिक क्षति वा अन्याय व्यहोर्न लगाउन नमिल्ने हुनाले न्यूनतम् खर्च र व्याज भराउनु पर्ने । (प्रकरण नं.४) § तत्कालीन राष्ट्रिय वाणिज्य बैंक ऐन, २०३१ को दफा ४७ सो सम्बन्धमा मौन रहेको अवस्थामा बैंकको आन्तरिक कार्य सम्पादनका लागि प्रचलित निर्देशिकाहरूमा धरौटी रकममा व्याज दिन नमिल्ने भन्ने उल्लेख हुँदैमा कानूनमा व्यवस्था भएको लेनदेन व्यवहारको १० नं.को प्रतिकूल हुने गरी पक्षहरूको त्रुटि बिना व्यहोर्नु परेको आर्थिक क्षति वा नोक्सानी भराउन नमिल्ने अर्थ गरी निर्देशिका नै आकर्षित हुन्छ भन्न नमिल्ने । (प्रकरण नं.५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8545 |
|---|---|
| मुद्दाको विषय | साँवा व्याज र हर्जाना समेत दिलाई पाऊँ |
| निर्णय वर्ष / मिति | 2067/09/12 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ |
| मुद्दा नं. | २०६३-CI-११३५ | २०६४-CI-०१३१ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६८, नि.नं. 8545 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
