नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8543 · वि.सं. २०६८
नि.नं. 8543 — दर्ता बदर गुठी कायम
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ ऐतिहासिक दस्तावेज समेतका प्रमाणबाट गुठी जग्गा देखिएकोमा त्यसको लगत गुठी संस्थानमा रहनु, नरहनु नै सर्वाधिक महत्वपूर्ण कुरा होइन । त्यसमा पनि गुठी संस्थानको लगतमा उक्त जग्गाको लगत रहँदै नरहेको भन्ने पनि होइन । आफू कहाँ रहेभएको लगत र ऐतिहासिक दस्तावेजहरूको कानूनी अध्ययन, अन्वेषण नगरी गुठीको कुनै कार्यालयले गुठी लगतमा सो जग्गा नदेखिएको भन्ने कुनै बेला लेखिदिँदैमा त्यसको अस्तित्व र स्वामित्व परिवर्तन हुन नसक्ने । (प्रकरण नं.७) § जे जुन व्यहोराबाट भए पनि गुठीको जग्गा रैकरमा कसैले दर्ता गराएको भन्ने देखिएमा र सो प्रमाणित हुन आएमा साविकबमोजिम गुठी कायम गर्न सक्ने सम्मको अधिकार गुठी संस्थानका प्रशासकलाई प्रदान गरेको देखिने । (प्रकरण नं.१०) § मुद्दा पर्दापर्दैको अवस्थामा भएका हक हस्तान्तरणका व्यवहारले कानूनी मान्यता नपाउने तथा मूल स्रोत नै कायम रहन नसकेपछि सोही स्रोतबाट टुक्रिएर गएका अन्य जग्गाको छुट्टै अस्तित्व कायम रहन नसक्ने । (प्रकरण नं.११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8543 |
|---|---|
| मुद्दाको विषय | दर्ता बदर गुठी कायम |
| निर्णय वर्ष / मिति | 2067/08/12 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री तपबहादुर मगर | माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी | माननीय न्यायाधीश श्री नन्दराज अधिकारीको राय | माननीय न्यायाधीश श्री नन्दराज अधिकारी ज्यूले गुठीको निर्णयलाई सदर गर्नु भएको रायसँग सहमत हुन नसकिएकोले पुनरावेदन अदालत नियमावली | माननीय न्यायाधीश श्री अलि अकवर मिकरानीको राय | माननीय न्यायाधीश श्री अलि अकवर मिकरानीको राय मनासिव ठहर्छ भन्ने पुनरावेदन अदालत पाटनका माननीय न्यायाधीश श्री हरिवावु भट्टराईको २०६२।५।१४।३ को फैसला |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६८, नि.नं. 8543 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
