नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8534 · वि.सं. २०६८

नि.नं. 8534 — उत्प्रेषणसमेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ नेपाल सरकारले आफ्नो स्वामित्वमा रहेको शेयर सम्पत्तिको कम मूल्य कायम गरी पब्लिक लिमिटेड कम्पनीको रुपमा रहेको नेपाल दूरसञ्चार कम्पनी लिमिटेडमा कार्यरत् कर्मचारीलाई विक्री गरेको निर्णयले कम्पनीमा कार्यरत् कर्मचारीभन्दा फरक हैसियतमा रहेका नागरिकलाई असमान गरेको भन्ने अवस्था देखिन नआउने । (प्रकरण नं.६) § सरकारी प्रतिष्ठान समस्त नागरिकको सम्पत्ति भई सवैको सरोकारको विषय हो । यस्ता प्रतिष्ठानमा कार्यरत् कर्मचारीका हकमा निजहरूको योगदानको कदर गर्दै स्वामित्वभाव जगाउन केही कम मूल्यमा शेयर दिनु न्यायोचित विभेद हो । तर, न्यायोचित विभेदका पनि निश्चित सीमा हुन्छन् । न्यायोचित विभेद गरिँदाका औचित्यका आधार रहनु पर्ने । § प्रतिष्ठानको वित्तीय अवस्था, कर्मचारी कामदारको प्रशासनिक भार समेतलाई दृष्टिगत गरी सो मापदण्डसम्बन्धी विषयमा सन्तुलित ढंगले विशेष अध्ययन अनुसन्धान गरी प्रतिष्ठानमा कार्यरत् कर्मचारी कामदारलाई केही शेयर के को आधारमा र कतिसम्म कम मूल्यमा उपलव्ध गराउन सकिने हो, त्यसको औचित्यपूर्ण पारदर्शी व्यवस्था बनाई सोको कार्यान्वयनको लागि स्पष्ट मार्गदर्शन हुने गरी निश्चित मापदण्ड बनाई लागू गर्नुपर्ने । (प्रकरण नं.१०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8534
मुद्दाको विषयउत्प्रेषणसमेत
निर्णय वर्ष / मिति2067/10/13
अदालत / इजलासविशेष इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री खिलराज रेग्मी | माननीय न्यायाधीश श्री प्रकाश वस्ती | माननीय न्यायाधीश श्री भरतराज उप्रेती
मुद्दा नं.२०६०-WS-००४६
उद्धरण सन्दर्भने.का.प. २०६८, नि.नं. 8534
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्