नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8532 · वि.सं. २०६८

नि.नं. 8532 — लेनदेन.

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ विशुद्ध प्रकारले साहू आसामीबीच भएको कपाली सरहको लिखत कागजबाट सिर्जित विवादमा अदालतले लिखत कागजमा उल्लेख नभएको पक्ष विपक्षको मौखिक भनाई र व्यवहारलाई आधार लिई विवादित विषयको सन्दर्भमा अन्यथा अर्थ गरी न्याय निरुपण गर्न नमिल्ने । (प्रकरण नं.३) § देवानी प्रकृतिको लिखत व्यवहारको सम्बन्धमा जहाँ लिखत स्वयंमा प्रष्ट छ त्यसको विषयमा पक्ष विपक्षको आपसी मौखिक समझदारी, निजहरू बीच अन्य घरायसी व्यवहार भएको छ भन्ने कुराले र साक्षीको बकपत्रले अन्यथा हुने अवस्था नहुने । (प्रकरण नं.४) § कानूनले तोकेको प्रक्रिया नपुर्‍याएको अवस्थामा अन्य प्रक्रियाबाट भए गरेको व्यवहारले कानूनी मान्यता पाउन नसक्ने । § लेनदेन व्यवहारको ५ नं.मा रहेको कानूनी व्यवस्थाको शाब्दिक अर्थ नगरी साक्षी बकपत्र एवं पक्षहरू बीचको व्यवहार हेरिनु पर्छ भन्ने जिकीर रहेपनि स्पष्ट रुपमा रहेको कानूनी व्यवस्थाविपरीत मौखिक भनाई एवं पक्षहरूका बीच भएका अदृश्य व्यवहार र आचरणलाई प्रमाणमा लिन नमिल्ने । (प्रकरण नं.५) § राजीनामा लिखत व्यवहार अलग अलग प्रकृतिबाट भएको देखिएको, तमसुकी लिखतबाट रुपैयाँ लिनुदिनु गरेको व्यवहार तथा जग्गा राजीनामा पारित गरेको व्यवहारमा दुवै लिखतको एकआपसमा सम्बन्ध (Nexus) रहेको भन्ने कुरा कहीं कतै उल्लेख भै आएको नदेखिएको अवस्था रहेको तथा आम व्यवहार र प्रचलनमा एकै व्यक्तिसंग भिन्नभिन्न व्यवहार हुन सक्ने । (प्रकरण नं.६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8532
मुद्दाको विषयलेनदेन.
निर्णय वर्ष / मिति2067/11/26
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री मोहन प्रकाश सिटौला | माननीय न्यायाधीश श्री सुशीला कार्की | माननीय न्यायाधीश श्री वैद्यनाथ उपाध्याय | माननीय न्यायाधीश श्री कमलनारायण दास | माननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाहबाट छुट्टै राय व्यक्त भएकोले संयुक्त इजलासको लगत कट्टा गरी प्रस्तुत मुद्दा सर्वोच्च अदालत नियमावली | माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठको राय | माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठको रायसंग सहमत हुन नसकेको हुँदा पूर्ण इजलास समक्ष पेश गर्नु भन्ने समेत व्यहोराको माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाहको राय सहितको मिति २०६५।५।२६ को संयुक्त इजलासको फैसला | माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठको रायसँग सहमत हुन सकिएन | माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाहको राय मनासिब ठहर्छ | माननीय न्यायाधीश श्री प्रेम शर्माको राय | माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठको राय मनासिब देखिंदा सो राय सदर कायम हुने ठहर्छ | माननीय न्यायाधीश श्री अवधेशकुमार यादवको राय | माननीय न्यायाधीश श्री गिरीश चन्द्र लालको मिति २०६६।९।३० को राय | माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठले व्यक्त गर्नु भएको राय मनासिव ठहर गरेको माननीय न्यायाधीश श्री अवधेशकुमार यादवको राय सदर हुनुपर्छ भन्ने समेत व्यहोराको बहस प्रस्तुत गर्नु  भयो | माननीय न्यायाधीश श्री प्रेम शर्माबाट मौखिक जिकीर र अनुमानका आधारमा पुनरावेदक प्रतिवादीले वादीको साँवा ब्याज बुझाउनु नपर्ने भन्ने ठहर निष्कर्षमा पुग्न कानूनसंगत नदेखिंदा वादी दावी नपुग्ने ठहर गरेको सुनसरी जिल्ला अदालतको फैसला सदर हुने गरी व्यक्त भएको माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठको रायसंग सहमत हुन सकिएन | माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाहको राय मनासिव ठहर्छ भनी राय व्यक्त भएको र माननीय न्यायाधीश श्री अवधेश कुमार यादवले मिसिल संलग्न तथ्य प्रमाणको आधारमा पुनरावेदन अदालतको फैसला उल्टी गरी वादी दावी नपुग्ने ठह | माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठको राय सदर कायम हुने ठहर्छ भनी राय व्यक्त भएको तथा माननीय न्यायाधीश श्री गिरीश चन्द्र लालले तमसुकको धनीलाई ऋणीले लेनदेन रकम मध्येको आंशिक रकम वापत जग्गा राजीनामा पारित गरी दिएको देखिनाले मिति २०५३।५।२० मा लेनदेन भएको रु.४९ | माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाहको राय मनासिव ठहराएको पूर्ण इजलासका माननीय न्यायाधीश श्री प्रेम शर्माको मिति २०६६।९।३० को राय सदर हुने ठहर्छ
मुद्दा नं.०६५-DF-०२५
उद्धरण सन्दर्भने.का.प. २०६८, नि.नं. 8532
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्