नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8531 · वि.सं. २०६७

नि.नं. 8531 — अंश ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ बण्डापत्रको लिखत स्थापित भएको अवस्थामा त्यसमा लेखिएका सम्पूर्ण व्यहोरा पढेर नै निष्कर्ष निकाल्न पर्ने हुन्छ । वादीले अंश लिएकोमा मञ्जूरी नै व्यक्त गरेको भए पेटबोलीमा लेखिन सक्दथ्यो, पक्ष नै कायम हुन सक्दथ्यो भन्ने तर्कहरूलाई न्यायसंगत मान्न नसकिने । § लेख्ने मस्यौदाकारको सोचाई, ज्ञान र स्थानीय चलनले पनि मस्यौदा गर्नेलाई प्रभाव पारिरहेको हुन्छ । मूल कुरा व्यहोरा कहाँ के कसरी लेखियो भन्दा पनि त्यो व्यहोराले के अर्थ बोक्दछ भन्ने कुरा नै न्यायकर्ताले ठम्याउन पर्ने कुरा हो । लिखतमा कुनै घोषणा गरिन्छ । त्यसमा पक्षको सही पर्दछ र त्यो कुनै प्रमाणबाट थपिएको, झुक्याइएको, कीर्ते वा जालसाजी भएको प्रमाणित हुन सक्दैन भने प्रमाण ऐन, २०३१ को दफा ३४ को विवन्धनको परिधिमा त्यो कथन पर्दछ । साक्षी लेखिने ठाउँमा लेखियो भन्दैमा त्यो कथन स्वतः निष्क्रिय र निरर्थक हुन नसक्ने । (प्रकरण नं.५) § आफ्नो तर्फका छोराहरू विरुद्ध विधिवत रुपमा अंशमा दावी लिएको खण्डमा निजका छोराहरू जिम्मा रहेको सम्पत्तिबाट आफ्नो हकको अंश पाउने नै हुँदा गलत व्यक्तिउपर अंशको दावी गरेकोलाई न्यायसंगत मान्न नमिल्ने । (प्रकरण नं.६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8531
मुद्दाको विषयअंश ।
निर्णय वर्ष / मिति2067/10/12
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रकाश वस्ती
उद्धरण सन्दर्भने.का.प. २०६७, नि.नं. 8531
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्