नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 853 · वि.सं. २०३१

नि.नं. 853 — उत्प्रेषणको आदेश जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) मोहिकै लगत दर्ता भएको व्यक्तिको स्थानमा निज धेरै उमेर भएको कारणवाट भने व्यक्तिलाई मोही कायम गर्ने व्यवस्था गरेको नदेखिने । यसमा भू.सं.ऐन, ०२१ को दफा २६ अनुसार मोहीको हक नजिक परी निजको पत्नी वा अन्य छोराहरू समेतमा जग्गावालाले पत्याएको व्यक्तिलाई दिन सक्ने अधिकार भएकोमा दर्तावाला मोही भक्तबहादुर जीवित छँदै अन्य व्यक्तिलाई भू.स.अ.ले मोही कायम गरेको त्यसलाई मान्ने बाध्य गराउन मिल्दैन भन्ने निवेदन जिकिर देखिन्छ भू.स.अ.ले भक्तबहादुर ७१ बर्षको बुढाले खेती गरी जग्गावालालाई बाली बुझाएको भन्न नमिल्ने भन्दै सनकबहादुर र बाबु भक्तबहादुर सगोल एकाघरकै देखिनाले भू.सं.ऐनको दफा २५ को उपदफा २ बमोजिम उल्लिखित जग्गाको मोही सनकबहादुरकै ठहर्छ भन्ने समेत निर्णय गरेको देखिन्छ यसरी मोहीको लगतमा दर्ता भएको व्यक्तिको स्थानमा निज धेरै उमेरको भएको कारणबाट अर्को व्यक्तिलाई मोही कायम गर्ने व्यवस्था गरेको र अधिकार भू.सं.ऐन, ०२१ को दफा २५ को २ अन्तर्गत विपक्षीलाई मोही कायम गरेको देखिन्छ तर सो बमोजिम मोही कायम गर्न उक्त ऐनको दफा ३४ को १ बमोजिम कबुलियत हुनपर्ने बाध्यात्मक व्यवस्था छ त्यसको आधार लिई भू.सु.अ.ले निर्णय गरेको देखिँदैन । (प्रकरण नं. ८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.853
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी गरिपाउँ
निर्णय वर्ष / मिति2031/10/11
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री हेरम्बराज
उद्धरण सन्दर्भने.का.प. २०३१, नि.नं. 853
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्