नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8525 · वि.सं. २०६७

नि.नं. 8525 — कर्तव्य ज्यान ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ वारदात भएपछि जाहेरी पर्नुभन्दा अगाडिसम्मको झन्डै एक हप्तासम्मको अवधिमा खडा भएका कुनै पनि कागजपत्रमा उक्त वारदात निज प्रतिवादीले घटाएका हुन् वा उक्त वारदातमा निजको संलग्नता रहेको तथा निजले बचन दिएको भनी कोही कसैले लेखाउन एवं खुलाउन सकेको पाइँदैन । त्यस्तो जाहेरी दरखास्त स्वंयलाई मौकामा व्यक्त गरेको कुराको रुपमा प्रमाणमा ग्रहण गर्न नमिल्ने । § कुनै वारदात भएपश्चात् पनि त्यस्तो वारदात गर्ने गराउने व्यक्तिका विरुद्ध पीडित पक्षबाट स्वाभाविक रुपमा किटानी अभिव्यक्ति आउनुपर्दछ तबमात्र त्यस्तो अभिव्यक्तिलाई विश्वसनीय प्रमाणको रुपमा ग्रहण गर्न मिल्ने देखिन्छ । आफू विरुद्ध वारदात घटाउने व्यक्तिको परिचय कि त नचिनेको भए वा अन्य कुनै डर धाक धम्की भएको अवस्थामा बाहेक त्यस्तो व्यक्तिको नाम त्यस्तो वारदातबाट पीडित परिवारले तुरुन्तै उल्लेख गर्न सक्नुपर्ने । (प्रकरण नं.३) § जाहेरी व्यहोरा प्रमाण ग्राह्य हुनको लागि त्यसलाई अन्य स्वतन्त्र प्रमाणहरूबाट पुष्टि हुन आवश्यक देखिन्छ । सोका अलावा जाहेरी पनि युक्तियुक्त रुपमा विश्वसनीय देखिनु आफैमा अपरिहार्य पनि हुन्छ । जाहेरी व्यहोरा यर्थाथपरक हुनको लागि महत्वपूर्ण तत्व भनेको सो जाहेरी वारदात भएको समयदेखि अनुचित विलम्ब गरी दायर गरेको हुनुहुँदैन । अनुचित विलम्ब गरी दिइएको जाहेरी व्यहोरालाई प्रमाण मूल्याङ्कनको कसीमा खरो उत्रनको लागि अन्य स्वतन्त्र प्रमाणहरूबाट पुष्टि हुन जरुरी हुने । § कुनै वारदातको बारेमा वारदात हुनासाथ जाहेरी नदिई केही समयको विलम्ब गरी पछिबाट सोच विचार गरी किटान गरी दिएको (After thought statement) जाहेरीलाई प्रमाण मूल्याङ्कनको रोहमा उच्चस्तरको प्रमाण मान्न मिल्ने देखिँदैन र त्यस्तो जाहेरी व्यहोरालाई प्रमाणित गर्ने गरी भएका बकपत्र व्यहोरा समेतलाई सोहीबमोजिम हेर्नुपर्ने । (प्रकरण नं.४) § अधिकारप्राप्त अधिकारीसमक्षको बयान व्यहोरालाई अन्य स्वतन्त्र प्रमाणबाट पुष्टि हुन नसकेसम्म सो बयान व्यहोरालाई प्रमाणमा लिइनु मनासिब नदेखिने । § प्रतिवादीले तेस्रो व्यक्तिलाई प्रयोग गरी वारदात गराएको भए आफू सो वारदातस्थलमा उपस्थित हुनुपर्ने कुनै तार्किक आधार देखिँदैन । आपराधिक मत वा सल्लाहमा पसेको व्यक्ति वारदातपश्चात् वारदातस्थलमा नै बसी उद्धार कार्यमा संलग्न हुन्छ भन्ने कुरा विश्वसनीय नहुँने । § (प्रकरण नं.६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8525
मुद्दाको विषयकर्तव्य ज्यान ।
निर्णय वर्ष / मिति2067/07/16
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ | माननीय न्यायाधीश श्री प्रकाश वस्ती
उद्धरण सन्दर्भने.का.प. २०६७, नि.नं. 8525
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्