नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 852 · वि.सं. २०३१
नि.नं. 852 — बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) जङ्गली जीवजन्तु संरक्षण ऐन, २०१५ अन्तर्गतको कसूरमा पक्राउ परेको व्यक्तिलाई कारवाईको निमित्त अदालतमा बुझाउने व्यवस्था भएको यस्तो मुद्दा वन संरक्षण विशेष अदालत ऐन कानूनमा व्यवस्था नभएको । यसमा मिसिलको अध्ययन गर्दा निवेदकहरू उपर जङ्गली जीवजन्तु संरक्षण ऐन, २०१५ को दफा ९ को उपदफा (१) अन्तर्गतको अभियोगमा वन संरक्षण विशेष अदालत डोटीबाट मुद्दाको कारवाई गरी विशेष अदालत ऐन, ०१३ को दफा ६ को अधिकार प्रयोग गरी मिति ०३०।८।१४ को थुनुवा पुर्जिबमोजिम पुर्पक्षको लागि थुनामा रहेको देखिन्छ । जंगली जीवजन्तु संरक्षण ऐन, २०१५ को अध्ययन गर्दा सो ऐन अन्तर्गतको कसूरमा पक्राउमा परेका व्यक्तिलाई कारवाईको निमित्त अदालतमा बुझाउने व्यवस्था दफा १० को उपदफा (२) मा भएको पाइन्छ । उक्त उपदफा (२) मा प्रयोग भएको अदालत भन्ने शब्दले न्यायप्रशासन (विविध व्यवस्था) ऐन, २०१८ को दफा ४ अनुसार प्रचलित नेपाल कानूनमा अन्यथा व्यवस्था भएको बाहेक जिल्ला अदालतलाई सम्झनु पर्ने भएको र यस्तो मुद्दा वन संरक्षण विशेष अदालतले हेर्ने व्यवस्था कानूनमा भएको नदेखिने र कुन कानून अन्तर्गत उक्त अदालतले मुद्दा हेरेको हो लिखितजवाफमा खुलाउन नसकेको र विद्वान सरकारी अधिवक्ताले पनि आफ्नो बहसमा सोकुरा प्रष्ट गर्न नसक्नुभएकोले उक्त विशेष अदालतले निवेदकहरू उपर मुद्दाको कारवाई चलाई पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेश अधिकार क्षेत्र विहीन देखिन आउँछ । अधिकार क्षेत्र नभएको निकाय वा अधिकारीले दिएको आदेशबमोजिम कसैलाई थुनामा राखेकोलाई गैरकानूनी थुना भन्नु पर्ने हुँदा बन्दीप्रत्यक्षीकरण आदेशद्वारा निवेदकहरूलाई थुनाबाट मुक्त गरिदिने ठहर्छ । यो आदेशको प्रतिलिपि विपक्षीकहाँ पठाउन महान्यायाधीवक्ताको कार्यालयमा पठाई मिसिल नियमबमोजिम गरी बुझाइदिनु । (प्रकरण नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 852 |
|---|---|
| मुद्दाको विषय | बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2031/07/05 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३१, नि.नं. 852 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
