नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8519 · वि.सं. २०६७

नि.नं. 8519 — भ्रष्टाचार ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ आर्थिक ऐनले आयकर प्रयोजनका लागि गरेको व्यवस्था र त्यसरी आयकर तिरेको अवस्थामा स्वयं घोषणा गरिएको सम्पत्तिको स्रोतको बारेमा कुनैपनि प्रयोजनका लागि छानबीन नगरिने भनिएको कुरालाई आधार बनाई आयकरबाहेक अन्य कुनै पनि प्रयोजनका लागि समेत सम्पत्तिको स्रोत खोज्न नसकिने गरी विस्तार गर्न नसकिने । (प्रकरण नं.६) § जग्गा जमीनको मूल्य समयक्रममा परिवर्तन हुनु स्वाभाविकै देखिन्छ । जहाँसम्म विवादित कित्ता जग्गाहरूको मूल्य र त्यसको स्रोतको पहिचान गर्ने सन्दर्भ आउँछ, त्यो स्वभावतः खरीद वा प्राप्त गरिएकै समयको मूल्यमा आधारित हुनुपर्ने । (प्रकरण नं.१३) § आधिकारिक निकायमा रीतपूर्वक रजिष्ट्रेशन दस्तूर समेत बुझाई पारित गरी लिएको लिखतलाई अप्रमाणित दावीकै भरमा अन्यथा संज्ञा दिन नमिल्ने । (प्रकरण नं.१४) § न्यायोचित अनुमान शून्यताको उपज नभई त्यसलाई कुनै न कुनै तथ्यले समर्थन गरेकै हुनुपर्ने । (प्रकरण नं.२४) § अनुसन्धानका क्रममा आएका कुराहरू र प्रतिवादीले प्रमाण पुर्‍याउने गरी आएका कुरा बाहेक अन्य प्रमाणहरूको खोजी गर्ने कार्य पुनरावेदन तहबाट हुन पनि सक्दैन । संकलित तथ्य एवं प्रमाणहरूबाट प्रमाणित हुनुपर्ने र यकीन गरिनुपर्ने विषयमा कोरा अनुमानबाट निर्क्यौलमा पुग्न सकिँदैन । न्यायोचित अनुमानको जिकीर लिनेले त्यसका स्पष्ट आधारहरू खुलाउन सक्नु पर्ने । § नेपाल राष्ट्र बैंकबाट प्रकाशित Income and Employment Generation in Nepalमा उल्लेख भएका विषय समग्र राष्ट्रिय क्रियाकलाप र तथ्याङ्कमा आधारित भएकाले त्यो तथ्याङ्क सबै संस्थाका लागि निरपेक्ष रुपमा आधार बनाउन मिल्ने विषय बन्दैन । त्यसलाई आधार बनाउनु पर्ने भन्ने दावी गर्दा आफ्ना क्रियाकलाप र त्यसलाई Support गर्ने लिखत, अभिलेख वा वैज्ञानिक र वस्तुगत विवरणहरूसँगको तादाम्यता देखिनै पर्ने । (प्रकरण नं.२५) § एकासगोलमा रहेका बाबु छोराबीच एकबाट आर्जित सम्पत्ति अर्कोको नाममा राख्ने वा रहने प्रक्रिया अत्यन्त स्वाभाविक मानिन्छ, त्यत्तिकै भरमा एकको आपराधिक क्रियामा अर्को पनि संलग्न थियो भनी स्वतः अनुमान गर्न नमिल्ने । § वैध रुपमा नै आय आर्जन गर्नसक्ने हैसियतमा रहेका आफ्ना बाबुले आर्जन गरेको सम्पत्ति छोराको नाममा राख्दा छोरालाई सो आयको वैधता अवैधताको जानकारी हुन्छ नै भनी मान्न नसकिने । (प्रकरण नं.२९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8519
मुद्दाको विषयभ्रष्टाचार ।
निर्णय वर्ष / मिति2067/12/02
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री खिलराज रेग्मी
उद्धरण सन्दर्भने.का.प. २०६७, नि.नं. 8519
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्