नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8512 · वि.सं. २०६७

नि.नं. 8512 — उत्प्रेषण समेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ बिगो भरी भराउ गर्ने प्रक्रियाअन्तर्गत गरिने सम्पत्तिको मूल्याङ्कनबाटै बिगो तिर्नु, बुझाउनु पर्ने दायित्व भएको व्यक्तिको हकहितमा तत्काल र प्रत्यक्ष असर पर्नसक्ने स्थिति हुँदैन । त्यो मूल्याङ्कन न्यूनतम् मात्र हो । सम्बन्धित सम्पत्तिलाई खरीद गर्न चाहने व्यक्तिले न्यूनतम् मूल्यभन्दा जति बढी मूल्य दिन कानूनले कुनै बाधा नगर्ने । § लिलाम प्रक्रिया खुल्ला रुपमा सम्पन्न हुने हुनाले सम्पत्ति खरीदकर्ताहरू लिलाम प्रतिस्पर्धामा सहभागी भै न्यूनतम् मूल्यभन्दा जति बढी पनि प्रस्तावित गर्न सक्ने । (प्रकरण नं.६) § पाउनु पर्ने बिगोको रकम तिर्नु, बुझाउनु पर्ने कानूनी दायित्व पूरा गर्ने तर्फको ऋणी अग्रसर रहनु पर्दछ । बिगो भरी पाउनेले जग्गा वा अचल सम्पत्ति पाऊँ भनी माग राखेको हुँदैन । अपितु बिगो भरी पाउन दरखास्त दिएको हुन्छ । आफूले तिर्नु बुझाउनु पर्ने रकम बुझाएमा लिलाम गर्ने गराउने अवस्था नै आउँदैन । त्यसकारण आफूले पूरा गर्नुपर्ने दायित्व पूरा नगरी फैसला कार्यान्वयनको प्रक्रियामा छिद्रान्वेषण गर्दै त्यसैको आडमा फैसला कार्यान्वयन तर्फको जटिल र बिलम्बित गर्न पाउने अधिकार नहुने । (प्रकरण नं.७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8512
मुद्दाको विषयउत्प्रेषण समेत
निर्णय वर्ष / मिति2067/09/05
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ताहिर अली अन्सारी
उद्धरण सन्दर्भने.का.प. २०६७, नि.नं. 8512
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्