नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8511 · वि.सं. २०६७

नि.नं. 8511 — निर्णय दर्ता बदर हक कायम

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ बण्डापत्रको अस्तित्व स्वीकार गरी सोअनुसार आफ्नो अंश भाग लिई खाइसकेपछि सोही बण्डापत्रका अन्य शर्त र व्यवस्थाहरू सबै अंशियारले मान्नु पर्ने हुन्छ र बण्डापत्रका शर्त र व्यवस्थाहरू मान्न त्यसमा हस्ताक्षर गर्ने सबै पक्ष र व्यक्ति विवन्धित हुने भएकाले कसैले त्यसको विपरीत जान नमिल्ने । (प्रकरण नं.५) § सगोलका अंशियारका नाममा रहेको जग्गा नामसारी र दर्ता गराउँदैमा अन्य अंशियारहरूको हक जान सक्दैन । त्यस्तै एउटाको हकको अंशको जग्गा अर्का अंशियारले नामसारी दर्ता गराएमा त्यो दूषित दर्ता हुन्छ । दूषित दर्ता बदर गराउन हदम्यादको सीमा बाधक बन्न सक्दैन । त्यस्तो दूषित दर्ताले अंशहकको जग्गा दर्ता गर्नबाट रोक्न नसक्ने । (प्रकरण नं.६) § बण्डापत्रको पक्ष नरहेको व्यक्तिलाई बण्डापत्रको शर्तले विवन्धित गर्न सक्ने अवस्था नदेखिएको र आफ्नो अंश भाग जीउनीको सम्पत्ति कानूनको अधीनमा रही कसैलाई विक्री, दान वा बकस गरिदिन नपाउने भन्न नमिल्ने । (प्रकरण नं.७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8511
मुद्दाको विषयनिर्णय दर्ता बदर हक कायम
निर्णय वर्ष / मिति2067/06/12
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ताहिर अली अन्सारी | माननीय न्यायाधीश श्री भरतराज उप्रेती
उद्धरण सन्दर्भने.का.प. २०६७, नि.नं. 8511
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्