नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 851 · वि.सं. २०३१
नि.नं. 851 — हाडनाता करणी
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) करणी गर्ने अनुकुल वातावरण नभएको र सरजमिनले पनि शंकासम्म नगरेकोमा करणी गरेको ठहराउन नमिल्ने । गुमाले अदालतमा गरेको बयानमा कृष्णप्रसाद मेरो फुपू नाता पर्ने हुँदा निजले मलाइ रातमा खानलाई आफ्ना घरमा बोलाए, खानपीन गर्दा अबेला भएकोले निजकै घरमा सुतें । करणी लिनुदिनु भयो । सुतेको घरमा निज कृष्णप्रसादकी स्वास्नी, छोरी पनि सोही घरमा सुतेका थिए । निजको स्वास्नीले सो करणी भएको थाहा पाए पनि गाली गरेन, कहिले पनि केही भनिन । कृष्णप्रसादसँग हासख्याल हुँदैनथ्यो भन्ने समेत लेखाएको देखिएकोले उक्त गुमाको बयानबाट कृष्णप्रसादले रातमा खानलाई बोलाएकोमा खानपिन गर्दा अबेला भएकोले निजकै घरमा सुती करणी लिनुदिनु भएको भन्ने र सो घरमा कृष्णप्रसादको स्वास्नी छोरी पनि सुतेका थिए भन्ने देखिन्छ । तर खानाको निमित्त आफ्ना घरमा बोलाएको पाहुनालाई स्वास्नी छोरीहरू भएकै घरमा गुमालाई करणी गर्ने अवस्था नदेखिएको त्यसअघि पुनरावेदकसँग हाँसख्याल नभएको भन्ने निज गुमाकै बयानबाट देखिन आएको छ । पुनरावेदक कृष्णप्रसादको स्वास्नीले करणी भएको थाहा पाए पनि गाली गरेन भन्ने पनि बयान लेखाई देखिन्छ । आफ्नो लोग्नेको अरू आइमाइसँग अनुचित सम्बन्ध भएको कुरामा निजले समेत केही नभनी चुप लागी बस्ने स्थिति नदेखिएकोले समेत गुमाको उक्त बयान गराई पत्यारलायकको देखिँदैन । (प्रकरण नं. ११) मिसिलसाथ रहेको २०२४।२।३ को सरजमिन मुचुल्कामा बस्ने डिल्लीराम शर्मासमेतका अधिकांश व्यक्तिले गुमाको करणी गरेमा कृष्णप्रसादका हकमा शंका लाग्दैन भनी प्रष्टरूपले लेखाएको देखिन्छ । यदि कृष्णप्रसादले गुमाको करणी गरेकै भए ति सर्जमिनमा बस्ने व्यक्तिले शंका देखाई भन्नु र लेखाउनुपर्नेमा शंका लाग्दैन भनी भन्न र लेखाउन अवस्थासमेत नभएबाट उक्त सर्जमिनका अधिकांश व्यक्तिले पुनरावेदक कृष्णप्रसादउपर शंकासम्म पनि गरेको देखिँदैन । (प्रकरण नं. १२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 851 |
|---|---|
| मुद्दाको विषय | हाडनाता करणी |
| निर्णय वर्ष / मिति | 2029/08/19 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३१, नि.नं. 851 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
