नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8508 · वि.सं. २०६७

नि.नं. 8508 — दर्ताफारी चलन ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ हक परित्याग गरेको कुरा प्रत्यक्षरुपमै देखिनु पर्दछ । प्रतिउत्तर जिकीरअनुसार फिरादपत्रमा ती जग्गा लेखी पछि काटिएको भन्ने पनि देखिदैन । अदालतमा रहेको मिसिल संलग्न कागजातलाई नै आधिकारिक मान्नुपर्ने हुन्छ । आफूलाई प्रेषित प्रतिलिपिमा ती कित्ता लेखी काटिएबाट दाबी नै नभएको भन्ने प्रतिवादीको कथनमा सहमत हुन नमिल्ने । § अंशको हक अंशियारले नैसर्गिक रुपमा पाउने हक भएकोले यस हकलाई गम्भीरतापूर्वक र संबेदनशील रुपमा लिनुपर्ने । § अंश मुद्दा चली कार्यान्वयन पूर्वसम्म कुनै अंशियारको देहान्त वा जन्म भएमा अंशको खण्ड फिराद दाबीमा जतिसुकै लेखिएको भए पनि देहान्त हुनेले कसैलाई कुनै लिखत गरिदिएकोमा बाहेक खण्डमा घटबढ हुन सक्दछ । यस्ता सुविधा अन्य प्रकृतिका विवादका मुद्दाका पक्षले प्राप्त गर्न नसक्ने । (प्रकरण नं.१२) § अंश जस्तो नैसर्गिक हकमा अंशियारले पाउनु पर्ने सम्पत्ति नपाएसम्म वा विधिवत् अंश हक नछोडेसम्म अंश छुट्टाई लिन पाउने हुँदा सानातिना प्राविधिक कारण देखाई अंश हक भएको सम्पत्तिमा अंशियारलाई सो हकबाट बञ्चित गर्नु न्यायोचित नदेखिने । (प्रकरण नं.१४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8508
मुद्दाको विषयदर्ताफारी चलन ।
निर्णय वर्ष / मिति2067/08/07
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री तपबहादुर मगर | माननीय न्यायाधीश श्री प्रकाश वस्ती
उद्धरण सन्दर्भने.का.प. २०६७, नि.नं. 8508
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्