नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8503 · वि.सं. २०६७
नि.नं. 8503 — गैडा मारी खाग विक्री
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ अदालतले वयान वकपत्र गराउँदा शक्तिको प्रयोग गर्दैन र त्यहाको काम स्वतन्त्रपूर्वक हुन्छ भन्ने ठानिन्छ । यो सर्वमान्य मान्यता र वास्तविकरता पनि हो । प्रमाण ऐन २०३१ को दफा २(क) ले मुद्दा हेर्ने अधिकारीलाई समेत अदालतको परिभाषाभित्र समेटेको छ । प्रतिवादीले मुद्दा हेर्ने अधिकारीसमक्ष वयान गरेका छन् । प्रमाण ऐन २०३१ को दफा ९ मा अदालत बाहेक अन्यत्र गरेको कागज स्वतन्त्रपूर्वक भएको छैन भनी प्रमाणित भएको स्थितिमा मात्र त्यस्तो वयान वा कागजलाई मान्यता दिन नमिल्ने हो । मौकाको वयान नै स्वेच्छाले भएको होइन भनी प्रतिवादीले पुष्टि गर्न नसकेको स्थितिमा मुद्दा हेर्ने अधिकारीसमक्ष गरेको वयानलाई स्वेच्छापूर्वक भएको होइन भनेकै आधारमा प्रतिवादीको वयान स्वच्छापूर्वक भएको छैन र सो वयान निजको विरुद्ध प्रमाणमा लिन मिल्दैन भन्न नमिल्ने । § अदालत वा मुद्दा हेर्ने अधिकारीसमक्ष गरेको वयान नै स्वतन्त्र छैन भन्ने कुरा मान्ने हो भने समग्र न्याय प्रणाली र कानूनी पद्धति नै परिवर्तन गर्नुपर्ने स्थिति आउँछ । त्यसैले अदालत र मुद्दा हेर्ने अधिकारीसमक्ष गरेको वयान स्वतन्त्रपूर्वक भएको छैन भन्ने जिकीरलाई कानूनी मान्यता र सिद्धान्तको आधारमा नै स्वीकार गर्न नसकिने । (प्रकरण नं.४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8503 |
|---|---|
| मुद्दाको विषय | गैडा मारी खाग विक्री |
| निर्णय वर्ष / मिति | 2067/08/08 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री खिलराज रेग्मी | माननीय न्यायाधीश श्री रणबहादुर बम |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६७, नि.नं. 8503 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
