नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8501 · वि.सं. २०६७

नि.नं. 8501 — अंश चलन

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ विशेषज्ञको राय वा प्रतिवेदन कुनै कुरा, तथ्य वा घटना प्रमाणित गर्न एक्लो निर्णायक प्रमाण (Single Detrimental Evidence) नभए पनि त्यो एउटा महत्त्वपूर्ण प्रमाण हो र अन्य प्रमाणसँग मिलेमा, साक्षी वकपत्र वा पक्षको भनाईसँग मिल्न भिड्न आएमा विशेषज्ञको प्रतिवेदनले ठोस र निर्णायक प्रमाणको रुप ग्रहण गर्ने । § विशेषज्ञको विशेषज्ञता र दक्षता विवादरहित हुनुका अतिरिक्त निजले ठीक, निश्चित, असन्दिग्ध वा द्विविधाविहीन ढंगले अदालतमा आई वकपत्र पनि गरेको हुनुपर्ने । (प्रकरण नं.४) § विशेषज्ञको राय, प्रतिवेदन निश्चित, ठोस् र वैज्ञानिक तर्कहरू र रसायनिक परीक्षणबाट निकालिएको निष्कर्षहरूमा आधारित रहनुका अतिरिक्त विशेषज्ञले अदालतमा आई परीक्षण प्रक्रिया र निष्कर्ष एवं प्रतिवेदनलाई पुष्ट्याँई हुने गरी स्पष्ट एवं द्विविधारहित ढंगले वकपत्र गरी दिएको अवस्था भएमा यस्तो प्रतिवेदनलाई प्रमाणको रुपमा ग्रहण गर्नुपर्ने । (प्रकरण नं.५) § मुद्दा परिसकेपश्चात् आफु अनुकूल प्रमाण सिर्जना गर्दै जाने र अदालतले पनि त्यस्ता प्रमाणलाई मान्यता दिंदै जाने हो भने न्याय निरुपणको कार्य जटिल बन्न पुग्ने । § विवादमा रहेको तथ्यलाई नै फरक पार्ने किसिमबाट पछि सिर्जना गरेको प्रमाणलाई न्यायको रोहमा प्रमाणिक महत्त्व दिइँदैन । कुनै पनि लिखतमा वा लिखत खडा हुने प्रक्रियाको कुनै चरणमा अर्को पक्षको स्वीकारोक्ति वा संलग्नता रहेको नदेखिएको अवस्थामा मुद्दा परेपछि एकतर्फी ढंगले सिर्जना गरिएको प्रमाणको आधारमा नाता र अंशसम्बन्धी दावीको पुष्टि नहुने । (प्रकरण नं.६) शुरु फैसला गर्नेः मा.जि.न्या.श्री शेखरप्रसाद पौडेल पुनरावेदन फैसला गर्नेः मा.मु.न्या.श्री दामोदर पुरुष ढकाल मा.न्या.श्री राघवलाल वैद्य

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8501
मुद्दाको विषयअंश चलन
निर्णय वर्ष / मिति2067/02/26
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ताहिर अली अन्सारी
उद्धरण सन्दर्भने.का.प. २०६७, नि.नं. 8501
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्