नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 850 · वि.सं. २०३१

नि.नं. 850 — लिखत जालसाजी

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) पक्षले जालसाजीमा सजाय गरी जालसाजी लिखत बदर गरिपाउँ भनी दावी लिई फिराद गर्छ भने जालसाजीको ठहर निर्णय नगरी हकबेहकको प्रश्न हुनाले दिन नहुने जग्गा दियो लियो भन्ने देवानी मुद्दा लाउनुपर्छ । जालसाजीमा दावी लाग्दैन भनी खारेज गर्न मिल्ने नदेखिने । वादीको फिराद दावी हेर्दा मेरो हकभोगको जग्गा प्रतिवादी मिली जालसाजी गरी राजीनामा पास गरिदिएकोले जालसाजीमा सजाय गरी जालसाजी खडा गरेको लिखत बदर गरिपाउँ भन्ने समेत वादीले दावी लिएको देखिएको र कीर्ते कागजको ३ नं. ले पनि कसैले आफ्नो हक मेटिने गरी जालसाजी व्यवहार गर्छ भने असर पर्ने व्यक्तिले जालसाजी गरे भनी जालसाजीमा फौजदारी मुद्दा गर्न पाउने नै देखिएकोले पक्षले जालसाजीमा सजाय गरी जालसाजी लिखत बदर गरिपाउँ भनी दावी लिई फिराद गर्छ भने जालसाजी गरी राजीनामा गरेको हो होइन भन्ने ठहर निर्णय नगरी हकबेहकको प्रश्न हुनाले दिन नहुने जग्गा दियो लियो भन्ने देवानी मुद्दा लगाउनुपर्छ । जालसाजीमा दावी लाग्दैन भनी खारेज गर्न मिल्ने देखिँदैन । अतः देवानी मुद्दा चलाउनु पर्ने भनी खारेज गर्ने गरेको डिभिजन बेञ्चको इन्साफ मिलेको देखिएन । डिभिजन बेञ्चको ०२८।१२।४ को फैसला बदर गरी दिएको छ । प्रस्तुत मुद्दामा डिभिजन बेञ्चले इन्साफतर्फ कुनै ठहर निर्णय गरेको नदेखिनाले अञ्चल अदालतउपर प्रतिवादीको परेको पुनरावदेनमा कानूनबमोजिम जो जे बुझ्नु पर्ने बुझी ठहर निर्णय गरिदिनु भनी तपसीलको कलममा तपसीलबमोजिम गरी तारिखमा रहेका वादी प्रतिवादी दुवै पक्षलाई तारिख तोकी न्यायप्रशासन सुधार ऐन, ०३१ को दफा १३ अनुसार सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालत नेपालगञ्जमा मिसिल नियमबमोजिम पठाइदिनु । (प्रकरण नं. १७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.850
मुद्दाको विषयलिखत जालसाजी
निर्णय वर्ष / मिति2031/08/28
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र
उद्धरण सन्दर्भने.का.प. २०३१, नि.नं. 850
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्