नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8490 · वि.सं. २०६७

नि.नं. 8490 — निषेधाज्ञा परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

· कुनै पनि उद्योग वा व्यावसायिक प्रतिष्ठानले आफ्नो उद्योग कारखाना वा व्यावसायिक प्रतिष्ठान सञ्चालन गर्दा वातावरणमा प्रतिकूल प्रभाव नहुने गरी उद्योग सञ्चालन गर्नुपर्ने । · उद्योग सञ्चालनबाट वातावरणमा पर्ने प्रतिकूल प्रभाव वा प्रदूषण न्यून गर्ने उपायहरू वास्तविक रुपमा अवलम्बन गर्नुपर्ने र यसरी प्रदूषण नियन्त्रण वा वातावरणमा पर्ने प्रतिकूल प्रभाव न्यूनीकरणको लागि उद्योगले अपनाएको पद्धति वा उपकरणमा लागेको खर्चमा कर छूट पाउने समेतका व्यवस्था कानूनले गरेको स्थितिमा स्थापित उद्योगको कारणले उद्योग अवस्थित क्षेत्रमा वातावरण प्रदूषण हुन नदिनु उद्योगको प्रमुख कर्तव्य तथा दायित्वमा पर्ने । (प्रकरण नं.२) · वातावरणको संरक्षण प्रत्यक्ष रुपमा सम्पूर्ण मानव समुदायको लागि हो भन्ने यर्थाथता सम्पूर्ण औद्योगिक प्रतिष्ठानका सञ्चालकहरूले हृदयङ्गम गर्नुपर्ने । · औद्योगिक प्रतिष्ठानहरूले आर्थिक लाभलाई मात्र उद्देश्य बनाई वातावरण संरक्षणमा ध्यान नदिने हो भने सोबाट स्वयं उद्योगका सञ्चालक एवं कामदार कर्मचारी समेतलाई प्रतिकूल असर पर्नजाने कुरालाई अत्यन्त गम्भीरतापूर्वक लिनुपर्दछ । तसर्थ वातावरण प्रदूषण रोक्ने कार्यमा बिना हेलचेक्रयाई सचेत रहनु हरेक उद्योग सञ्चालकको कानूनी मात्र नभएर मानवीय कर्तव्य नै हुन आउने । (प्रकरण नं.६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8490
मुद्दाको विषयनिषेधाज्ञा परमादेश
निर्णय वर्ष / मिति2067/07/11
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रेम शर्मा | माननीय न्यायाधीश श्री अवधेशकुमार यादव
मुद्दा नं.२०६६-cI-०८९७
उद्धरण सन्दर्भने.का.प. २०६७, नि.नं. 8490
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्