नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8489 · वि.सं. २०६७
नि.नं. 8489 — लेनदेन
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ विशेषज्ञले दिएको रायको आधारभन्दा फरक स्वरुपमा निर्णय निष्कर्षमा पुग्दा त्यसको परीक्षणको बिश्वासनीयता र परीक्षणको आधार समेतलाइ स्पष्ट रुपमा खण्डित गर्नुपर्ने हुन्छ । वैज्ञानिक आधारमा परीक्षण भै प्राप्त भएको रायलाई अन्यथा हो भन्न त्यसको विश्वसनीयताउपर चुनौती दिन स्पष्ट रुपमा विवादरहित आधार स्थापित हुनुपर्ने । (प्रकरण नं. ३) § लिखतमा विश्वसनीयता कायम नरहोस् भन्ने नियतले लिखत तयारीकै क्रममा विभिन्न किसिमका प्राविधिक त्रुटि राखी लिखत तयार गरेकाले यस अदालतका लेखा तथा रेखा विषेशज्ञले दिएको रायमा विभिन्न अवस्थाको चित्रण गरी लिखतको सहिछाप अन्य हस्ताक्षरसँग मेल खाने भनी राय प्रदान गरेको अवस्थामा लेखकको लिखत लेखनमा दूषित मनसाय रहेको तथ्ययुक्त आधार पुष्टि हुने । (प्रकरण नं. ४) § एकै विषयमा विज्ञहरूद्वारा नै फरक–फरक राय पेश भएको अवस्थामा कुन रायलाई आधार लिने भनी हेर्दा जुन रायको परीक्षणका आधार सवल र भरपर्दा छन् त्यसैलाई निष्कर्षको आधार बनाइनु पर्ने । (प्रकरण नं. ५) § लिखतको प्रकृतिलाई नाङ्गो आँखाले हेर्दा समेत साक्षी, कारणी लिखतको साईज लेखाई आदि स्वाभाविक भै सद्दे जस्तो नै देखिएको र सो पुष्टि हुने गरी विशेषज्ञको राय समेत प्राप्त भएको अवस्थामा लिखतको विश्वसनीयता माथि प्रश्न उठाउने ठाउँ नभएकाले स्वाभाविक र सद्दे रुपमा रहेको पुष्टि भएको लिखतलाई कीर्ते जालसाजी भन्न नमिल्ने । (प्रकरण नं. ६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8489 |
|---|---|
| मुद्दाको विषय | लेनदेन |
| निर्णय वर्ष / मिति | 2066/10/25 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला | माननीय न्यायाधीश श्री अवधेशकुमार यादव |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६७, नि.नं. 8489 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
