नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 848 · वि.सं. २०३१

नि.नं. 848 — राजकाज

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) अभियुक्तले स्वतन्त्र रूपमा आफू खुसी बयान दिएको वा बयानमा भनिएको कुराहरू जस्ताको तस्तै लेख्पढ् भएको हो वा होइन भनी शंका लिनु पर्ने कुनै मनासिव कारण देखिन्छ भने अन्य प्रमाणबाट समर्थित नभएसम्म त्यस्तो साविकको नै आधारमा मात्र अभियुक्तलाई अपराधी ठहराउन न्यायसंगत नहुने । प्रस्तुत मुद्दामा विशेष अदालतले पुनरावेदकलाई दोषी ठहराउन एउटै आधार लिएको देखिन्छ । विशेष अदालतका समक्ष गरेको बयानमा पुनरावेदकले आफू उपरको अभियोग स्वीकार गरेको छ भन्ने निष्कर्षमा विशेष अदालत पुगेको देखिन्छ । अभियुक्तले गरेको साविती बयानमा मात्र आधारित भएर अभियुक्तलाई अपराधी ठहराउन र सजाय दिन नमिल्ने त होइन तर यदि त्यो बयान प्रष्ट छैन अथवा त्यो बयान मैले गरेकै होइन भनेर अभियुक्तले इन्कार गर्दछ वा साविती बयान आफू खुसी दिएको होइन भन्ने जिकिर लिन्छ र मुद्दामा देखा परेका परिस्थितिहरूबाट अभियुक्तले स्वतन्त्ररूपमा आफू खुसी बयान दिएको वा बयानमा भनिएका कुराहरू जस्ताको तस्तै लेखबद्ध भएको हो वा होइन भनी शंका लिनु पर्ने कुनै मनासिव कारण देखिन्छ भने अन्य प्रमाणबाट समर्थित नभएसम्म त्यस्तो सावितीको आधारमा मात्र अभियुक्तलाई अपराधी ठहराउन न्यायसंगत हुँदैन । प्रस्तुत मुद्दामा पुनरावेदकले विशेष अदालतमा गरेको बयानमा प्रहरी कार्यालयमा गरेको बयानलाई स्वीकार गरेको र सो बयानमा राष्ट्रिय वाचनालयको आयोजनामा भएको प्रजातान्त्रिक समाजवाद बिषयको गोष्ठीमा निजले आफ्नो भाषणमा व्यक्त गरेको भनी अभियोग लगाइएका केही कुराहरूलाई स्वीकार गरेजस्तो देखिन्छ । तर श्री ५ वा श्री ५ को सरकारप्रति घृणा, द्वेष वा अपहेलना उत्पन्न गर्ने मनसायले नै व्यक्त गरेको हो भन्ने कुरा निजले स्वीकार गरेको देखिँदैन । ति कुराहरू हडबडीमा भनेको हुँला अथवा हडबडीमा भनेको हुँ भन्नेसम्म उक्त बयानद्वारा स्वीकार गरेको देखिन्छ । यसप्रकारको स्पष्ट अभिव्यक्तिबाट अभियुक्तले अपराधलाई स्वीकार गरेको भन्न मिल्दैन । त्यसमाथि पनि विशेष अदालतको समक्ष ति कुराहरू स्वीकारै गरेको होइन, विशेष अदालतमा रहेका अञ्चलाधीशको धारणा पुनरावेदकका विरुद्ध प्रवृत्त भएकोले आफू खुसी बयान गर्ने वा बयान सही रूपमा लेखबद्ध हुने स्थिति नै थिएन भन्ने निजको भनाई र माथि उल्लेख भएबमोजिम अञ्चलाधीशको धारणा निजका विरुद्ध प्रवृत्त रहेको पनि देखिन्छ । यस स्थितिमा पुनरावेदकको उक्त बयान निजलाई कसूरदार ठहराउन पर्याप्त छ भन्न मिल्दैन । (प्रकरण नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.848
मुद्दाको विषयराजकाज
निर्णय वर्ष / मिति2029/02/12
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेनद्रबहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०३१, नि.नं. 848
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्