नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 846 · वि.सं. २०३१

नि.नं. 846 — मुनाफाको हिस्सा दिलाई वर्किङ पार्टनर कायम गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) वादीले विगो खुलाउन नसक्नेमा अदालतले बाध्य गराई अनुमानित विगो लेखी निवेदन दिएको भरमा मुद्दा हदमाथिको गराई निर्णय गर्ने प्रश्न उपस्थित नहुने । नालिस दावी भई वादीले विगो खुलाउन सक्ने स्थिति छैन भने अदालतबाट विगो भरिपाउने ठहर फैसला हुनुको अभावमा पुनरावेदन दिँदा पनि वादीले विगो किटान गरी खुलाउन नसक्ने प्रष्टै छ । विगो नखुलेको मुद्दामा कोर्टफी ऐन, २०१७ को दफा ६ को खण्ड (ख) अनुसार शुरू कोर्टफी रू.१०। लाग्ने र वादीले आफ्नो पुनरावेदनमा सोअनुसार शुरूमा रू.१०। लाग्ने हुँदा त्यसको सयकडा १५ ले पुनरावेदन गर्दा लाग्ने कोर्टफी रू.१।५० दाखिल गरेको छु भन्ने उल्लेख गरेको ठीकै भएकोमा कोशी अञ्चल अदालतले त्यसलाई मञ्जुर नगरी विगो खुलाउन बाध्य गराई वादीले निवेदनपत्रमा करीब रू.२,००,०००। भनी अनुमानित विगो खुलाई दिएकोलाई कायम मानी सो विगोको हिसाबबाट कोर्टफी लिएको नै कानूनअनुरूप नभएकोले प्रस्तुत मुद्दामा सो विगो खुलाई कायम मानी त्यसबाट हदमाथिको गर्न मिल्ने नमिल्ने प्रश्नै उपस्थित हुन सक्दैन । त्यसकारण यस सम्बन्धमा नजीरको रूपमा उल्लेख गरिएका विभिन्न मितिका फुल बेञ्चबाट विभिन्न मुद्दामा प्रतिपादित भएको सिद्धान्तको नजीर मोल विगो खुलाउन सक्ने अवस्थै नभएको यस मुद्दामा लाग्न सक्ने देखिँदैन । (प्रकरण नं. १६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.846
मुद्दाको विषयमुनाफाको हिस्सा दिलाई वर्किङ पार्टनर कायम गरिपाउँ
निर्णय वर्ष / मिति2031/06/01
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. | माननीय न्यायाधीश श्री हेरम्बराज | माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०३१, नि.नं. 846
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्