नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8453 · वि.सं. २०६७
नि.नं. 8453 — अपुताली हककायम नामसारी ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ मुद्दाका पक्षहरूले विवादको विषयवस्तु वा मुद्दाको तथ्यलाई जे जस्तो तरिकाबाट प्रस्तुत गरेका हुन्छन् अदालतले सोही किसिमबाट ग्रहण गर्नु वाञ्छनीय हुन्छ । वादीको दावी वा प्रतिवादीको प्रतिउत्तर जिकीरभन्दा बाहिर गई अदालत स्वयंले पक्षको स्थान ग्रहण गर्न नसक्ने । § § कानूनको प्रयोग र व्याख्या निरपेक्ष ढंगबाट हुने नभई मुद्दाको तथ्यगत प्रस्तुति र दावीको कानूनी आधारको सापेक्षताबाटै हुने । (प्रकरण नं.८) § अंशबण्डाको ६ नं. बमोजिम अंशबण्डा गरी बसेका बावु आमाको अपुताली एकलौटी पाउन दुईवटा पूर्व शर्तहरूमा पहिलो अंशबण्डा भैसकेका स्वास्नी, छोरा बुहारीसँग अंश मिसाई बसेको हुनुपर्ने र दोस्रो यसले खानु भनी लिखत गरी दिएको भए सोही लिखतबमोजिम हुने । (प्रकरण नं.९) § निस्सा दिने इजलासले नै कारण उल्लेख गर्न नसेकेको कुरामा यस इजलासले अनुमान र तर्कका भरमा ठहर निष्कर्षमा पुग्न सम्भव नहुने । (प्रकरण नं.११) § समान पुस्ताका बाजेको सम्पत्तिबाट आधामा अपुताली हक पाउने भएपछि सोही पुस्ताकी बज्यैको सम्पत्तिमा अपुताली नपाउने भन्न नमिल्ने । (प्रकरण नं.१२) यस अघि निर्णय गर्ने : मा.जि.न्या.श्री इन्द्रमान कर्माचार्य पुनरावेदन अदालतः मा.मु.न्या.श्री राजेन्द्रप्रसाद कोइराला मा.न्या.श्री विश्वनाथ जोशी सर्वोच्च अदालत संयुक्त इजलासः मा.न्या.श्री अनूपराज शर्मा मा.न्या.श्री प्रेम शर्मा
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8453 |
|---|---|
| मुद्दाको विषय | अपुताली हककायम नामसारी । |
| निर्णय वर्ष / मिति | 2067/01/30 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री खिलराज रेग्मी | माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह | माननीय न्यायाधीश श्री कृष्णप्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री अनुपराज शर्माको वा वादी दावीबमोजिम गर्ने गरेको पुनरावेदन अदालतको फैसला सदर हुने ठह | माननीय न्यायाधीश श्री प्रेम शर्माको रायमध्ये कुन राय सदर कायम हुनु पर्ने हो वा कानूनबमोजिम के हुनु पर्ने हो भन्ने सम्बन्धमा निर्णय दिनु पर्ने देखिन आयो । | माननीय न्यायाधीश श्री अनूपराज शर्माले योगेन्द्रनाथ र रामरतीका छोरा पुनरावेदक प्रतिवादी नेत्रकुमार जीवित छ | माननीय न्यायाधीश श्री प्रेम शर्माको राय मनासिव देखिँदा कायम हुने ठहर्छ । पुनरावेदन अदालतको फैसला उल्टी गरी वादी दावी नपुग्ने ठहर्याएको माननीय न्यायाधीश श्री अनूपराज शमाएको रायसँग सहमत हुन सकिएन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनू |
| मुद्दा नं. | ०६६-DF-०००२ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६७, नि.नं. 8453 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
