नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8451 · वि.सं. २०६७
नि.नं. 8451 — बैंक ग्यारेन्टी
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ दुई पक्षबीच भएको करारअनुसारको दायित्व पूरा गर्ने गराउने जिम्मेवारी बैंकको रहने भनी मान्न कानूनअनुरूप मिल्ने नदेखिँदा करारअनुसारको दायित्व पूरा गराउन Performance Bank Guarantee को सहारा लिन कदापि नमिल्ने । § Performance Bank Guarantee विशेष प्रकृतिको दायित्व भएको हुँदा त्यस्तो दायित्व सो बहन गर्दाकै अवस्थामा उल्लिखित शर्तभन्दा बाहिर गै वहन गर्नुपर्छ भनी मान्न कानूनी तथा तथ्यगत आधारले नमिल्ने । (प्रकरण नं.३) § विशेष प्रकृतिको दायित्व तोकिएको शर्तअनुसार पूरा गर्न सो दायित्वबाहेक अनिवार्य रुपमा विवन्धित हुनुपर्ने हुन्छ । तोकिएका शर्त पूरा नभएकै अवस्थामा उक्त विशेष दायित्व वहन गर्नुपर्ने भनी बाध्य पार्न कानून, तथ्य तथा न्यायको रोहमा युक्तिसंगत नदेखिने । (प्रकरण नं.४) § करारअनुसारको सम्झौता पूरा नगर्ने मुख्य पक्ष नै विपक्षी नभएको अवस्थामा त्यसबाट पूर्ण उपचारको अपेक्षा गर्न सकिँदैन । उपचार प्राप्तिको मार्गमा गल्ती गर्नेले त्यसको परिणाम स्वयं आफै भोग्नुपर्ने । (प्रकरण नं.५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8451 |
|---|---|
| मुद्दाको विषय | बैंक ग्यारेन्टी |
| निर्णय वर्ष / मिति | 2066/02/17 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री मोहनप्रकाश सिटौला | माननीय न्यायाधीश श्री सुशीला कार्की |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६७, नि.नं. 8451 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
