नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8445 · वि.सं. २०६७
नि.नं. 8445 — अंश हक कायम
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ दुबै पक्षले हदम्यादभित्र नालिस गरी आफ्नो अपुताली हक कायम गर्न नसकेको अवस्थामा कसैको पनि हक हुँदैन भन्न नमिल्ने । § अंश हक खाने अंशियार भएको अवस्थामा निजहरूका हकमा अपुतालीको २० नं. ले ३ वर्षको हदम्याद गुज्रेको मानी अंश हकबाट प्राप्त हुने सम्पत्तिमाथिको हक समाप्त भएको अर्थ गर्न नमिल्ने । (प्रकरण नं.४) § बाबुको नाममा रहेको सम्पत्ति आफ्नो जीवनकालमा कसैलाई लिखत गरी नदिएको एवं के कुन व्यक्तिहरूले पालन–पोषण, स्याहार संस्कार गरेको भन्ने तथ्य प्रमाणबाट खुल्न नसकेको अवस्थामा वावुको शेषपछि सन्तानहरूको बराबर हक हुनु न्यायोचित र कानूनसम्मत् हुने । (प्रकरण नं.८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8445 |
|---|---|
| मुद्दाको विषय | अंश हक कायम |
| निर्णय वर्ष / मिति | 2067/03/30 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी | माननीय न्यायाधीश श्री कृष्णप्रसाद उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६७, नि.नं. 8445 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
