नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8444 · वि.सं. २०६७

नि.नं. 8444 — सरकारी छाप दस्तखत कीर्ते ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ कसूरको कार्यमा धेरैजना भै काम पूरा गरिन्छ भने सबैको व्यक्तिगत उत्तरदायित्व सिर्जना हुने । § अन्तिम कीर्ते अक्षर कसले लेखेको हो सो मात्रै कीर्तेका अभियुक्त हुने भन्ने प्रश्न उठ्न सक्दैन । कीर्ते गर्ने मतलवमा पस्दछ, लाभ लिन्छ, सरोकार राख्छ र सो काम पूरा गर्न कुनै न कुनै संलग्नता देखाउँदछ भने पनि कीर्तेको कसूरदार हुने । § लिखतसम्बन्धी कसूरमा भइरहेको सच्चा लिखतमा भएको अङ्क, अक्षर वा मिति वा केही व्यहोरा घटी बढी पारी सच्याउने कार्यमा संलग्न भएको व्यक्तिका हकमा केही नगरी लिखतवालालाई मात्रै जिम्मेवार बनाउने हो भने त्यस्ता अरु षडयन्त्र गर्ने आदेश गर्ने वा मतलवमा बसी काम गरी गराई लाभ लिने ठूलो आपराधिक समूहले नै आपराधिक दायित्वबाट मुक्ति पाउने अवस्था रहने । (प्रकरण नं.५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8444
मुद्दाको विषयसरकारी छाप दस्तखत कीर्ते ।
निर्णय वर्ष / मिति2067/01/06
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ | माननीय न्यायाधीश श्री अवधेशकुमार यादव
उद्धरण सन्दर्भने.का.प. २०६७, नि.नं. 8444
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्