नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 844 · वि.सं. २०३१

नि.नं. 844 — उत्प्रेषणको आदेश जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) आफ्नो कुरा भन्न पाउने मौका दिई मात्र निर्णय गर्नुपर्नेमा सो गरेको नदेखिए प्राकृतिक न्याय सिद्धान्तको विपरीत निर्णय गरेको देखिने । यसमा भूमिसम्बन्धी ऐन, ०२१ को दफा २ को (ख) मा मोही भन्नाले अरू जग्गावालाको जग्गा कुनै शर्तमा कमाउन पाई सो जग्गामा आफ्नो वा आफ्नो परिवारको श्रमले खेती गर्ने किसान सम्झनुपर्छ भन्ने उल्लेख भएको देखिन्छ । उजूरवाला जग्गाधनी तेजबहादुरबाट कमाउन लिएको भन्ने भएकोमा निवेदक तीर्थबहादुर थपलियाले पद्मकुमारी थपलियालाई जग्गाधनी देखाई प्रतिवाद गरेपछि निज पद्मकुमारीलाई आफ्नो कुरा भन्न पाउने मौका दिई मात्र निर्णय गर्नुपर्नेमा सो गरेको नदेखिँदा प्राकृतिक न्याय सिद्धान्तको विपरीत भूमिसुधार अधिकारीले निर्णय गरेको देखिन्छ । (प्रकरण नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.844
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी गरिपाउँ
निर्णय वर्ष / मिति2031/05/03
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री हेरम्बराज
उद्धरण सन्दर्भने.का.प. २०३१, नि.नं. 844
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्