नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8436 · वि.सं. २०६७
नि.नं. 8436 — उत्प्रेषणयुक्त परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ मोही हक बाँडफाँड गर्न मोही र जग्गाधनी दुबैको वा एक पक्षको मात्र निवेदन परेमा वा कसैको निवेदन नपरेमा पनि तोकिएको समयभित्र तोकिएको अधिकारीले बाँडफाँड गरी दिनुपर्ने कानूनी व्यवस्था भएको देखिँदा ऐनले सिर्जना गरेको हक अधिकारको सारभूत विषयमा तारेख गुज्रेको र नगुज्रेको एवं तामेली जगाउने कार्यविधिगत प्रक्रियाले जग्गा बाँडफाँडमा कुनै तात्विक असर पार्न नसक्ने । § सारवान कानूनले प्रदान गरेको अधिकारलाई सोही सारवान कानूनले नै कार्यविधि समेत निर्धारण गरेको स्थितिमा अन्य सामान्य कार्यविधिले सारवान कानूनले प्रदान गरेको अधिकार निस्तेज गर्न नसक्ने । § तारेख गुजारेको कारण मुद्दा डिसमिस भै जग्गा बाँडफाँडको कारवाही अन्त्य हुन्छ भन्ने अर्थ गरी मोही बाँडफाँडको कार्य अवरुद्ध हुने गरी कानूनको मर्म र भावनाविपरीत व्याख्या गर्न नमिल्ने । § पक्षहरू आएपनि वा नआएपनि जग्गा बाँडफाँड गर्नुपर्ने कर्तव्य कानूनले नै निर्धारण गरेको अवस्थामा उपस्थित हुन आएको पक्षलाई तारेखमा राखी जग्गा बाँडफाँडको निर्णय गरेको कार्यलाई अन्यथा भन्न नमिल्ने । (प्रकरण नं.३) § दुवै पक्षले तोकिएको अधिकारीसमक्ष उपस्थित भै आ–आफनो भनाई राख्दछन् भने कुरा मिलेको हदसम्म सोहीअनुसार बाँडफाँड गर्नुपर्ने हुनआउँछ । तर दुबै पक्ष उपस्थित भएनन् वा उपस्थित भए पनि बाँडफाँडमा कुरा मिलेन वा एक पक्ष उपस्थित भयो अर्को पक्ष उपस्थित भएन भने यस्तो स्थितिमा तोकिएको अधिकारीले दुबै पक्ष उपस्थित छैनन् वा सहमति भएन भनी निर्णय नगरी बस्न नमिल्ने स्थितिमा जग्गा बाँडफाँड गर्ने प्रयोजनका लागि नरमगरम मिलाउन तोकिएको अधिकारीले प्राविधिकको सहयोग लिई निर्णय गर्न मिल्ने । (प्रकरण नं.५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8436 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणयुक्त परमादेश |
| निर्णय वर्ष / मिति | 2067/05/27 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री खिलराज रेग्मी | माननीय न्यायाधीश श्री अवधेशकुमार यादव |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६७, नि.नं. 8436 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
